भरतपुर-१९ मा साउन २० गते पुनः मतदान
सारांश
- चितवन: भरतपुर महानगरपालिका वडा नं १९ का सबै मतदान केन्द्रमा साउन २० गते पुन मतदान हुने भएको छ।
- मंगलबार चितवनमा बसेको दलहरुबीचको बैठकले साउन २० गते निर्वाचन गराउने सहमति भएको चीतवन कांग्रेस सभापति जीत बहादुर श्रेष्ठले जानकारी दिए।
- उनका अनुसार बुधबारदेखि नै मौन अवधि/ आचारसंहिता सुरु हुनेछ।
चितवन: भरतपुर महानगरपालिका वडा नं १९ का सबै मतदान केन्द्रमा साउन २० गते पुन मतदान हुने भएको छ। मंगलबार चितवनमा बसेको दलहरुबीचको बैठकले साउन २० गते निर्वाचन गराउने सहमति भएको चीतवन कांग्रेस सभापति जीत बहादुर श्रेष्ठले जानकारी दिए।
उनका अनुसार बुधबारदेखि नै मौन अवधि/ आचारसंहिता सुरु हुनेछ। मिति तय भएसँगै दलहरुले चुनावको लागि आन्तरिक रुपमा आवश्यक तयारी गर्ने बतायइको छ।
यसअघि निर्वाचन आयोगले भरतपुर महानगरपालिका वडा नं १९ का सबै मतदान केन्द्रमा यथाशीघ्र पुनः मतदान गराउने मिति तोक्न चितवनका मुख्य निर्वाचन अधिकृतलार्ई निर्देशन दिएको थियो।
स्थानीय तहको पहिलो चरणको निर्वाचनअन्तर्गत गत वैशाख ३१ गते मतदान भई मतगणनाका क्रममा जेठ १५ गते मतपत्र च्यातिएपछि मतगणना स्थगन भएको थियो। उक्त घटनापछि सर्वोच्च अदालतमा तत्काल मतगणना अघि बढाउन आदेश जारी गर्न माग गर्दै परेको रिट निवेदन अदालतले आइतबार खारेज गरी पुनः मतदान गराउने फैसला सुनाएको थियो।
मतगणनाका क्रममा सो वडाको ९० मतपत्र च्यातिएका थिए। नेकपा माओवादी केन्द्रका तर्फबाट रेणु दाहाल र नेकपा एमालेका तर्फबाट देवी ज्ञवाली उक्त महानगरपालिका प्रमुखमा उम्मेदवार छन्।
प्रतिक्रिया