प्रधानमन्त्री युएईबाट फर्किएलगत्तै सरकार विस्तार हुने

Shikharkhabar Shikharkhabar
|
आइतबार, माघ २, २०७३
|
|
१४२ पटक हेरिएको
Shares
प्रधानमन्त्री युएईबाट फर्किएलगत्तै सरकार विस्तार हुने

सारांश

  • प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले युएईको चारदिने भ्रमणबाट फर्केपछि मन्त्रिपरिषद् विस्तार गर्ने भएका छन् ।
  • चौथो ठूलो दल राप्रपालाई थप तीन मन्त्रालयसहित तथा फोरम लोकतान्त्रिक र साना दुई दललाई समेटेर मन्त्रिपरिषद् विस्तार गर्ने तयारीमा प्रधानमन्त्री रहेको उनका प्रमुख राजनीतिक सल्लाहकार चक्रपाणि खनाल बलदेवले बताए ।
  • राप्रपा र फोरम लोकतान्त्रिकका अध्यक्षलाई नै सरकारमा सहभागी गराउने गरी प्रधानमन्त्रीले सरकार विस्तारको तयारी गरेको खनालले बताए ।

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले युएईको चारदिने भ्रमणबाट फर्केपछि मन्त्रिपरिषद् विस्तार गर्ने भएका छन् ।

चौथो ठूलो दल राप्रपालाई थप तीन मन्त्रालयसहित तथा फोरम लोकतान्त्रिक र साना दुई दललाई समेटेर मन्त्रिपरिषद् विस्तार गर्ने तयारीमा प्रधानमन्त्री रहेको उनका प्रमुख राजनीतिक सल्लाहकार चक्रपाणि खनाल बलदेवले बताए ।

राप्रपा र फोरम लोकतान्त्रिकका अध्यक्षलाई नै सरकारमा सहभागी गराउने गरी प्रधानमन्त्रीले सरकार विस्तारको तयारी गरेको खनालले बताए । प्रधानमन्त्रीले राप्रपालाई अहिलेका दुई मन्त्रालय कायम राख्दै उपप्रधानमन्त्रीसहित थप तीनवटा मन्त्रालय दिने भएका छन् ।

फोरम लोकतान्त्रिकलाई पनि उपप्रधानमन्त्रीसहित दुई र साना दुई दललाई एक–एक मन्त्रालय दिने प्रधानमन्त्रीको तयारी छ । तर, कुन–कुन मन्त्रालय कसलाई दिने भन्ने टुंगो भने लागिसकेको छैन । आजको नयाँ पत्रिका दैनिकमा समाचार छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?