‘एक स्थानीय तह, एक अस्पताल’ नारामै सीमित

Shikharkhabar Shikharkhabar
|
बिहिबार, पौष १९, २०७५
|
|
४३ पटक हेरिएको
Shares
‘एक स्थानीय तह, एक अस्पताल’ नारामै सीमित

सारांश

  • काठमाडौं १९ पुस ।
  • नीति तथा कार्यक्रम सार्वजनिक भएको सात महिना बितिसक्दा पनि सरकारले ‘एक स्थानीय तह, एक अस्पताल’ कार्यक्रम लागु गर्न सकेको छैन ।
  • स्वास्थ्य मन्त्रालयले तयार पारेको योजनाअनुसार सरकारले बजेटमार्फत कार्यक्रम तय गरी रकमसमेत विनियोजन गरे पनि मन्त्रालयकै कमजोरीका कारण सो कार्यक्रम लागु हुन नसकेको हो ।

काठमाडौं १९ पुस । नीति तथा कार्यक्रम सार्वजनिक भएको सात महिना बितिसक्दा पनि सरकारले ‘एक स्थानीय तह, एक अस्पताल’ कार्यक्रम लागु गर्न सकेको छैन ।

स्वास्थ्य मन्त्रालयले तयार पारेको योजनाअनुसार सरकारले बजेटमार्फत कार्यक्रम तय गरी रकमसमेत विनियोजन गरे पनि मन्त्रालयकै कमजोरीका कारण सो कार्यक्रम लागु हुन नसकेको हो ।

स्वास्थ्य मन्त्रालयले बजेटअनुसार स्थानीय तहमा अस्पताल खोल्ने विस्तृत प्रस्ताव तयार पारी मन्त्रिपरिषदमा पेस गर्नुपर्नेमा हालसम्म पनि सो कार्य हुन सकेको छैन । स्रोतका अनुसार स्वास्थ्य मन्त्रालयभित्र कार्यरत कर्मचारी सरुवा बढुवा तथा मन्त्रालयको आन्तरिक प्रक्रिया अलमलमा परेका कारण प्रस्ताव मन्त्रिपरिषदमा पुग्न नसकेको हो । –राजधानी दैनिकबाट

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?