दण्डपाणि–नन्दकुमारी अर्ज्याल पुरस्कार प्राज्ञ प्रभातलाई

Shikharkhabar Shikharkhabar
|
आइतबार, चैत्र १२, २०७९
|
|
२५ पटक हेरिएको
Shares
दण्डपाणि–नन्दकुमारी अर्ज्याल पुरस्कार प्राज्ञ प्रभातलाई

सारांश

  • काठमाडौँ ।
  • नेपाली संस्कृति, दर्शन र साहित्यमा योगदान पु-याएवापत यस वर्षको दण्डपाणि–नन्दकुमारी अर्ज्याल राष्ट्रिय पुरस्कार प्राज्ञ विष्णु प्रभातलाई अर्पण गरिने भएको छ ।
  • दण्डपाणि अर्ज्याल स्मृति केन्द्रद्वारा स्थापित सो पुरस्कारको राशि रु २५ हजार सहित सम्मानपत्र रहेको छ ।

काठमाडौँ । नेपाली संस्कृति, दर्शन र साहित्यमा योगदान पु-याएवापत यस वर्षको दण्डपाणि–नन्दकुमारी अर्ज्याल राष्ट्रिय पुरस्कार प्राज्ञ विष्णु प्रभातलाई अर्पण गरिने भएको छ ।

दण्डपाणि अर्ज्याल स्मृति केन्द्रद्वारा स्थापित सो पुरस्कारको राशि रु २५ हजार सहित सम्मानपत्र रहेको छ ।

यही चैत मसान्तभित्र केन्द्रकै वार्षिक प्रकाशन ज्ञानविन्दु अङ्क १४ समेतको लोकार्पण समारोहमा उनलाई अर्पण गरिने केन्द्रले जनाएको छ ।

सो पुरस्कारबाट ज्ञानमणि नेपाल, मदनमणि दीक्षित, प्रा डा तुलसीराम वैद्य, प्रा दिनेशराज पन्त, सत्यमोहन जोशी, प्रा डा सुरेशराज शर्मा, प्रा डा सुरेन्द्र केसी र पुण्यरश्मी खतिवडालगायत पुरस्कृत भइसकेको केन्द्रले जनाएको छ । स्व दण्डपाणि अर्ज्याल इतिहास, ज्योतिष, धर्मशास्त्र र समाजशास्त्र आदि विषयका ज्ञाता थिए भने स्व नन्दकुमारी उनकी धर्मपत्नी थिइन् ।

(Alprazolam)

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?