‘हुन्छ भन्नेले हुन्छ भन्नुहोस्’ …सिको गर्दै गाउँपालिका बैठक
सारांश
- मुग्लिन।
- सङ्घीय संसद् बैठक सञ्चालनको शैलीमा चितवनको एकमात्र गाउँपालिका इच्छाकामना गाउँपालिकाले गाउँँसभा बैठक आयोजना गरेको छ।
- सोमबार दिउँसो २ बज्न लागेको थियो ।
मुग्लिन। सङ्घीय संसद् बैठक सञ्चालनको शैलीमा चितवनको एकमात्र गाउँपालिका इच्छाकामना गाउँपालिकाले गाउँँसभा बैठक आयोजना गरेको छ।
यसैबीच अन्य विधेयक सम्बन्धित विषयका संयोजकबाट क्रमशः प्रस्तुत भयो। ती विधेयकलाई क्रमशः सोही प्रक्रियामा अघि बढाइयो। गाउँपालिकामा व्यवस्थापिका संसद्कै शैलीमा गाउँसभा बैठक आयोजना गरिएको पहिलोपटक भएको बताइन्छ।
प्रशासकीय अधिकृत सुकदेव लम्सालका अनुसार गाउँसभामा सोमबार संशोधित आर्थिक विधेयक २०७६, सहकारी विधेयक, संशोधित विनियोजन विधेयक २०७६, भवन निर्माणसम्बन्धी विधेयक, स्वास्थ्य संस्था दर्ता सञ्चालन तथा नियमन विधेयक २०७६, न्यायिक समितिसम्बन्धी विधेयक २०७६ गरी छ वटा विधेयक प्रस्तुत भएका छन्। प्रस्तुत विधेयकको सोमबारदेखि नै दफाबार छलफल शुरु भएको छ।
झण्डै तीन घण्टा बसेर गाउँसभाको बैठक सभाध्यक्ष तथा गाउँपालिका अध्यक्ष गुरुङले स्थगित गर्नुभयो । उनले आगामी बैठक माघ २० गते बस्ने जानकारी दिए। गाउँसभामा गाउँसभा सदस्यबाहेक पत्रकार र कर्मचारीलाई मात्र प्रवेशको अनुमति थियो।
चेपाङ जनप्रतिनिधिको सक्रियता सहभागिता
उनले तीन वटा विधेयकमा आफ्नो सुझाव र केही विमति राखे। यसैबीच अर्का सदस्य डम्मरकुमारी चेपाङले पनि छलफलमा आफ्नो भनाइ राखे। यसअघिको गाउँसभामा खासै सक्रियता नदेखाएका सदस्यले यस पटकको गाउँसभामा भने खुलेरै आफ्नो भनाइ राखेका थिए।
प्रतिक्रिया