प्रमुख निर्वाचन आयुक्तले सप्तरीबाट गरे मतदान

Shikharkhabar Shikharkhabar
|
सोमबार, आश्विन २, २०७४
|
|
३० पटक हेरिएको
Shares
प्रमुख निर्वाचन आयुक्तले सप्तरीबाट गरे मतदान

सारांश

  • राजविराज ।
  •  प्रमुख निर्वाचन आयुक्त अयोधिप्रसाद यादवले सप्तरीबाट मतदान गरेका छन् ।
  • यादवले सप्तरी सदरमुकामस्थित राजविराज नगरपालिकाको वडा नं २ आधारभूत विद्यालयमा रहेको मतदान केन्द्रबाट मतदान गरेका हुन् ।

राजविराज । प्रमुख निर्वाचन आयुक्त अयोधिप्रसाद यादवले सप्तरीबाट मतदान गरेका छन् । यादवले सप्तरी सदरमुकामस्थित राजविराज नगरपालिकाको वडा नं २ आधारभूत विद्यालयमा रहेको मतदान केन्द्रबाट मतदान गरेका हुन् ।

मतदान गरेपछि सञ्चारकर्मीसंग कुरा गर्दै प्रमुख आयुक्त यादवले निर्वाचनका लागि सुरक्षा लगायत सबैखाले व्यबस्था मजब्द बनाइएको भन्दै ढुक्न भएर मतदान गर्न सबैसंग अपिल गरे । उनले दुई दशक पछि जनताको आकांक्षा पुरा हुन लागेको भन्दै यस समयको सदुपयोग गर्न आग्रह गरे ।

सप्तरीका सबै मतदान केन्द्रमा शन्तिपुर्ण रुपमा मतदान भइरहेको छ । कुनै पनि घटना हुन नदिन र शान्तिसुरक्षा कायम गर्न सुरक्षा निकाय मतदानस्थल र मतदान क्षेत्रमा अनुगमनका लागि खटिएको सप्तरीका प्रमुख जिल्ला अधिकारी भगिरथ पाण्डेले जानकारी दिए ।

स्थानीय तहको निर्वाचनमा सप्तरी जिल्लामा नौ नगरपालिका र नौ गाउँपालिका गरी कूल १८ स्थानीय तहका लागि ८५६ जनप्रतिनिधि चयनका लागि मतदान सुरु भएको हो ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?