विजय लामामाथिको निलम्बन २४ घण्टा नबित्दै फुकुवा

Shikharkhabar Shikharkhabar
|
मंगलबार, बैशाख १७, २०७६
|
|
२६ पटक हेरिएको
Shares
विजय लामामाथिको निलम्बन २४ घण्टा नबित्दै फुकुवा

सारांश

  • काठमाडौं ।
  • नेपाल एयरलाइन्सका क्याप्टेन विजय लामामाथि गरिएको निलम्बन फुकुवा गरिएको छ ।
  • नागरिक उड्डयन प्राधिकरणका अनुसार लामामाथिको निलम्बन २४ घण्टा नपुग्दै फुकुवा गरेको हो ।

काठमाडौं । नेपाल एयरलाइन्सका क्याप्टेन विजय लामामाथि गरिएको निलम्बन फुकुवा गरिएको छ । नागरिक उड्डयन प्राधिकरणका अनुसार लामामाथिको निलम्बन २४ घण्टा नपुग्दै फुकुवा गरेको हो ।

लामालाई निलम्बन गरेपछि चौतर्फी रुपमा विरोध आएको थियो । सामाजिक सञ्जाल लगायत सञ्चारमाध्यममा इमान्दार, कर्मठ व्यक्तिलाई निलम्बन गरेको भन्दै प्राधिकरण विरुद्ध विरोध भएको हो ।

प्रवक्ताको जिम्मेवारीमा रहेका लामालाई सुरक्षाका दृष्टिकोणले संवेदनशील भएको भन्दै उनीमाथि निलम्बन गरेको थियो । उनीमाथि प्राधिकरणले लगाएको लाइसेन्स सस्पेन्ड गरेको थियो ।

क्याप्टेन लामालाई प्रवक्ताको जिम्मेवारीबाट नहटेसम्म उडानमा रोक लगाउनू भन्ने पत्र प्राधिकरणले नेपाल एयरलाइन्समा पठाएको थियो ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?