नक्कली असई बनेर एक लाख मागेपछि…

Shikharkhabar Shikharkhabar
|
सोमबार, कार्तिक २६, २०७५
|
|
२४ पटक हेरिएको
Shares
नक्कली असई बनेर एक लाख मागेपछि…

सारांश

  • काठमाडौं ।
  • नक्कली प्रहरी बनेर पैसा ठग्ने एकजनालाई महानगरीय अपराध महाशाखाले पक्राउ गरेको छ ।
  • विदेश पठाइदिन्छु भन्दै दलालले ठगेको पैसा उठाइदिन्छु भन्दै महाशाखाको नक्कली असई बनेर ठग्ने नारायण विश्वकर्मालाई पक्रेको हो ।

काठमाडौं । नक्कली प्रहरी बनेर पैसा ठग्ने एकजनालाई महानगरीय अपराध महाशाखाले पक्राउ गरेको छ ।

विदेश पठाइदिन्छु भन्दै दलालले ठगेको पैसा उठाइदिन्छु भन्दै महाशाखाको नक्कली असई बनेर ठग्ने नारायण विश्वकर्मालाई पक्रेको हो ।

उनी सिन्धुपाल्चोक चौताराका हुन् । ३१ वर्षीय बिकले आफूलाई असई नारायण अधिकारीको परिचय दिंदै ठगेको भेटिएको हो ।

वैदेशिक रोजगारमा मकाउ जान भन्दै कृष्ण चौधरीले विचौलिया खुश्वु गुरुङलाई रकम बुझाएका थिए । गुरुङले चौधरीलाई न मकाउ पठाए न पैसा फिर्ता दिए त्यसपछि नक्कली असई हुँ भन्दै विकले पैसा उठाइदिन्छु भन्दै एक लाख ठगेको भेटिएको प्रहरीले जनाएको छ ।

बिकले म महाशाखाको प्रहरी हुँ भनेर र केश मिलाइदिन्छु भन्दै ठगेको भेटिएको हो । बिकलाई ठगीसम्बन्धी कसुरमा मुद्दा चलाईने बताइएको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?