उपसचिव सहित २३ सरकारी अधिकारी बेपत्ता !

Shikharkhabar Shikharkhabar
|
शुक्रबार, फाल्गुन ३०, २०७६
|
|
२२ पटक हेरिएको
Shares
उपसचिव सहित २३ सरकारी अधिकारी बेपत्ता !

सारांश

  • काठमाडौं, ३० फागुन ।
  • सरकारका दुई उपसचिव समेत १३ जना अधिकृतहरु बेपत्ता भएकाछन् ।
  • बेपत्ता हुने यि अधिकारीहरु मध्ये केही त बिगत २४ बर्षदेखि नै बेपत्ता भएका भएपनि यिनको खोजीमा सरकारले कुनै चासो देखाएको छैन ।

काठमाडौं, ३० फागुन । सरकारका दुई उपसचिव समेत १३ जना अधिकृतहरु बेपत्ता भएकाछन् । बेपत्ता हुने यि अधिकारीहरु मध्ये केही त बिगत २४ बर्षदेखि नै बेपत्ता भएका भएपनि यिनको खोजीमा सरकारले कुनै चासो देखाएको छैन । आफ्नै मातहतका कर्मचारी बिना सुचना हराउँदा समेत सरकारले यिनको खोजीमा चासो नदिएकै कारण यतिबेला कर्मचारी क्षेत्रमै चर्चा परिचर्चा शुरु भएको छ ।

सरकारको कृषि तथा पशुपक्षी विकास मन्त्रालय अन्तर्गत रहेका दुई उपसचिवसहित १३ जना अधिकृत वर्षौंदेखि बेपत्ता भएका हुन् । काम छाडेर बेपत्ता भएका आफ्नै कर्मचारीको सोधी खोजीमा स्वयं मन्त्रालय पनि बेखबर जस्तै देखिएको छ । लामो समयदेखि सम्बन्धित कामको जिम्मेवारी प्राप्त अधिकारी बेपत्ता हुँदा त्यो पदमा सरकार वा मन्त्रालयले नयाँ नियुक्ती समेत गरेको छैन । कृषि तथ पशुपक्षी मन्त्रालय श्रोतले बताए अनुसार, बेपत्ता भएका ति अधिकारीहरु यतिबेला अमेरिका, बेलायत, अस्ट्रेलियालगायत देशमा सुखसयलका साथ रहेकाछन् । सरकारी रकम खर्च गरेर अध्ययन र तालिमका लागि भन्दै विदेशीएका उनिहरु अध्ययन र तालिम सकिएपछि पनि स्वदेश नफर्कीकन उतै जागिर खाएर बसेको मन्त्रालय श्रोतले बताएको छ । मन्त्रालयका यस्ता बेपत्ते केही अधिकारीहरु सेवा निवृत्त समेत भईसकेकाछन् । तर यस सम्बन्धि कुनै अभिलेख मन्त्रालयमा नरहेको पनि समाचार श्रोतले जनाएको छ ।

कृषि तथा पशुपक्षी विकास मन्त्रालयको पशु सेवातर्फका भेटनरी अधिकृतहरू बेपत्ता भएका हुन् । बेपत्ता हुनेमा उपसचिवस्तरका वरिष्ठ पशु चिकित्सक खड्ग सिंह विष्ट २०७० बैशाख २४ गतेबाट र विश्वचन्द्र घिमिरे २०५७ सालबाटै बेपत्ता भएका हुन् । यसैगरी बेपत हुने अन्य अधिकारीहरु मा पशु चिकित्सक सुवास शिवाकोटी २०७० सालदेखि नै बेपत्ता छन् । अन्य पशु अधिकृतहरूमा विनु श्रेष्ठ, विष्णुबहादुर अधिकारी, कृष्णप्रसाद कँडेल, अञ्जनकुमार चालिसे, तोयानाथ बराल, तुलसीराम थापा, यादव बजगाईंलगायत छन् । मन्त्रालयका अनुसार केही अधिकृत २०५२ सालदेखि नै बेपत्ता भएका छन् । निजामती सेवा ऐनअनुसार बिनासूचना लगातार ९० दिनसम्म कार्यालयमा अनुपस्थित हुने कर्मचारीलाई सेवाबाट हटाउने प्रक्रिया थाल्नुपर्छ । तर, कृषि मन्त्रालयको प्रशासनिक नेतृत्वले त्यस सम्बन्धमा कुनै पहल नै नगर्दा ती कर्मचारीमाथि कारबाही हुन नसकेको हो । तर, मन्त्रालयको प्रशासन महाशाखाले भने लामो समयदेखि बेपत्ता रहँदै आएका ती अधिकृतको खोजतलास गरी कारबाही प्रक्रिया अघि बढाएको छ ।

महाशाखाका प्रमुख सहसचिव डा. नारायण रेग्मीले २०(२२ वर्षदेखि सम्पर्क्िवहीन अधिकृतलाई पदबाट हटाउने प्रक्रिया थालिएको जानकारी दिए । उनले लामो समय अधिकृृतहरू सम्पर्क्िवहीन हँुदा पद ओगटिएको र नयाँ भर्ना गर्न नसक्दा काम प्रभावित हुन पुगेको बताए । ‘अब लामो समयदेखि बेपत्ता भएका सबैलाई हटाएर रिक्त पद कायम गरिने र रिक्त पदमा नयाँ भर्ना प्रक्रिया थालिने प्रशासन महाशाखा प्रमुख डा. रेग्मीले जानकारी दिए । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका कर्मचारी प्रशासन महाशाखा प्रमुख सहसचिव बाबुराम अधिकारीले वर्षौंअघिदेखि कर्मचारी बेपत्ता हँुदा कारबाही नगर्नु कृषि मन्त्रालयको त्रुटि भएको बताए । उनले मन्त्रालयले छिटोभन्दा छिटो सबै कर्मचारीको नाममा सार्वजनिक सूचना जारी गरी कारबाहीस्वरूप हटाउने प्रक्रिया थाल्नुपर्ने जनाए ।(विमर्श साप्ताहिकबाट

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?