… अनि बच्चालाई के गर्ने नि ?

Shikharkhabar Shikharkhabar
|
शनिबार, श्रावण २६, २०७५
|
|
२६ पटक हेरिएको
Shares
… अनि बच्चालाई के गर्ने नि ?

सारांश

  • विष्णु फडेरा धन्यवाद दिँदै दुबैजना ओत लाग्यौं ।
  • साँच्ची हुम्लातिर केटो करिब १७ बर्ष पुग्यो र केटी १४ बर्ष पुग्यो भने आमाबुवालाई चिन्ता हुन्छ ।
  • छोराछोरी पढाउनु पर्छ ।

विष्णु फडेरा

धन्यवाद दिँदै दुबैजना ओत लाग्यौं ।

साँच्ची हुम्लातिर केटो करिब १७ बर्ष पुग्यो र केटी १४ बर्ष पुग्यो भने आमाबुवालाई चिन्ता हुन्छ । छोराछोरी पढाउनु पर्छ । आफैले केही गरेर खान नसक्यो भने के होला भनेर चिन्ता हुँदैन । चिन्ता हुन्छ त केवल छोरी बढेर ठूली भइसकी । अब बिहे गरेर पठाउन पाए मर्दाखेरि पनि सन्तोक अर्थात आरामले मरिन्थ्यो । हुन त भन्नेले भनेका छन्, सहरमा घरहरु नजिक हुन्छन् तर मन टाढा हुन्छन् तर गाउँमा घरहरु टाढा हुन्छन् तर मन नजिक हुन्छ । तर लाग्छ, यो भनाइ त्यतिखेर स्वाहा हुन्छ, जतिखेर आँखा नजिकको परेलाले आँखा बिझाएर आँसु झार्नुपर्ने बाध्यता आइलाग्छ ।

मैले उसलाई यतिको भूमिका बाँध्न आवश्यक त थिएन तर म चाहन्थें उसलाई भुलाएर केहीबेर भएपनि यादगार समय बनाऊँ । म एसएलसी पास भएपछि मेरो भगवानलाई पनि लागेछ, अब छोरो ठूलो भयो । यसको बिहे गरिदिनु पर्छ । एसएलसीसम्मको पढाई सकाउँदासम्म पनि मायाप्रेम, हाँसिमजाक गर्न नचाहेको मैले बुवाबाट बिहेको कुरा सुन्दा मलाई लाग्यो बुवाले पनि राम्रो जोक सुनाउनु हुँदो रैछ । तर त्यो कुरा जोक थिएन । थियो त केवल समाजले बनाएको बाटो थियो । जुन बाटोमा मेरा आमाबुवा हिँडिसकेका थिए र मलाई अब हिडाउन सिकाउने कोसिसमा थिए ।

यति बोलिसक्दा उसलाई लागेछ, यति सानो उमेरमा कसरी बिहे भएछ ? र सोधिन, कसरी भयो तेरो विवाह ? यो सुनिसकेपछि म खुशी भएँ । शायद बाल्य अवस्थामा चक्लेट दिएपछि खुशी भएको बालक जस्तै । शायद कसैले त मेरो भोगाई बुझ्ने प्रयास गर्दैछ । बुवाले त्यति भनिसकेपछि म हाँसीमात्र रहें । किनकि मसँग कुनै योजना थिएन । कुनै सपना थिएन न कुनै कल्पना नै थियो मेरो लागि बिहे । मैले बुवालाई किन गर्ने बिहे भनेर सोध्न पनि सकिन र हुन्छ गर्छु भन्न पनि सकिन । त्यो अन्धो समाज जसले मेरा बुवा आमालाई अन्धकारको मन्त्र जपाएर अन्धभक्त बनाइसकेको थियो । समय हो, चलिरहन्छ । समय त आफ्नो गतिमा चलिरहेको हो । समयसँग चल्न नसकेर बदलिन्छन् त कोही समयसँगै चल्न सकेर बदलिन्छन् । फरक त्यति हो । मान्छे भन्छन् समय बदलिन्छ । तर म भन्छु, समय बदलिएको होइन स्वभाब बदलिएको हो । एक जोडीले मागी, भागी र लभ विवाहको प्रसङ्ग जाडिन पुग्यो । हुम्लाको प्रचलनमा केटाकेटीले मन पराए घरपरिवारसँग कुुरा भयो । केटी केटाको घर आयो । बिहान हल्ला फैलिन्छ, फलानोले बिहे गरेछ । जिन्दगीको यति ठूलो निर्णय निमेषभरमै स्वाहा भइदिन्छ । तर त्यो विवाहका लागि न कुनै जन्ती चाहिन्छ, न कुनै धुमधाम । न कुनै सिन्दुर पोते नै । मात्र समाजले फलानोको बूढी फलानो भयो भनेर स्वघोषित निर्णय काफी हुन्छ । सिन्दुर पोते र चुरा बोलेर लगाई दिने समाजले भोलिको समस्या देख्दैन । समाजको लागि जोडिदिएको घरबार त्यतिबेला पासो भइदिन्छ, जतिबेला वैवाहिक जोडीलाइ समस्या पर्छ ।

समाजले पहिराइदिएको बिहे नामको माला जब बच्चाबच्ची भएपछि मनमुटावमा पुग्छ, तब समस्याको पहाड खडा भइदिन्छ । हो, यस्तै चलन चलेको छ हुम्लामा । बिहे गरिसकेपछि मन नमिलेरै फाटो आएका घटनाहरुले विकराल स्थिति पैदा गर्छ अनि सामाजिक कुसंस्कारले श्रेय पाउँछ । बिहे भएपछि सन्तान जन्मिसके पनि श्रीमानले अर्को श्रीमती ल्याउँछ । घरमा झगडा हुन्छ । समाजमा आगो लाग्छ अनि अन्धो समाज समाधानको नाममा कचहरि बस्छ । सबैको कुरा सुन्छ अनि निर्णय हुन्छ जारी तिर्ने । अर्काको श्रीमती भगाए बापतको जरिवाना हो जारी । एउटा महिला मान्छेको शरीरको मोलमोलाई हुन्छ । पुरानो श्रीमानतर्फबाट पैसाको बार्गेनिङ हुन्छ । लाग्दैछ महिलालाई पैसासँग साटेर कट्टर ब्यापारी बन्दैछ लोग्ने मान्छे । उतापट्टी पैसा दिन तयार हुन्छ । लाग्दैछ, भोलिको समयमा अर्कैले लग्यो भने मैले पनि बार्गेनिङं गरेर पैसा असुल गरिहाल्छु अहिले जति माग गरिएको छ, दिन्छु । हो, यही भएको छ मेरो अन्धो समाजमा । जारीको नाममा छोरी मान्छेहरु बर्सौदेखि बेचिँदै आइरहेका छन् । तर पनि कानुन न पुगेको छ न कानुनलाई समाजले मानेको छ । छ त केवल अन्धबिश्वासको आफ्नै ठूुलो पहाड । आफ्नै कानुननियम चलाएको मेरो समाजलाई बिहे गराइदिएपछिको यी समस्या आउँछ र झेल्नुपर्छ भन्ने सुइँको समेत पाउँदैन ।

मेरो साजमा एउटै मेरोमात्र कहानी थिएन । बाध्यताले जन्माएको यस्ता कहानी त हजारौंका थिए । जस्तो बाजेको कहानी । हाम्रो पुरुष डोमिनेट समाजमा जहिले पनि महिला पीडित हुने तथ्य त बताउन पर्दैन होला शायद । र, त्यसको फेहरिस्त खुलाएन पनि । तर मलाई मैले भोगेको भन्दा भोग्नुपर्ने समस्या दर्शाउन खोजेको मात्र हुँ । कहानीमा म पीडित हुनु केही ठूलो समस्या होइन तर कहानीमा म कसैको श्रीमान हुँ र कसैको बुवा पनि हुँ । शायद कानुनी रुपममा बिवाह नभएको यो पहिलो घटना हुन सक्छ । मैले ज्यान दिएर माया गरेकी मेरी श्रीमतीले यो मेरो श्रीमान होइन भनी । त्यसपछि मैले यो नै मेरी श्रीमति हो भनेर माया गर्ने आधार भेटिन र थिएन पनि । मैले श्रीमती ठानेकी त्यो नारीको त्यस्तो अभिव्यतिmपछि मैले मेरो श्रीमती मात्र गुमाएको थिइन । ऊसँग मेरा छोराछोरी पनि आफ्ना रहेनन् । जीवन भनेको आशा र मायामा चल्दो रहेछ । पहिला आफ्नो जीवन राम्रो बनाउने भन्ने सोचेर बिताएँ । बिवाहपछि परिवारलाई खुशी बनाउने भनेर परिश्रम गरें । सन्तानको लागि भनेर के के गरिन ? तर अन्ततः मैले जसका लागि भनेर यति गरे उनीहरु नै मेरा थिएनन् । मैले मेरा आफ्नै सन्तानमाथिको स्वामित्व गुमाइसकेको थिएँ । यस्तो लाग्थ्यो, मैले मेरा आँखा र मुटुमाथिको स्वामित्व गुमाएको थिएँ । उनीहरुका लागि भनेर गरेका सबै काम बालुवामा पानी भए । यतिले मात्र मेरो दिल जल्न रोकिनेवाला थिएन । मेरा भाइहरुसँंगको सम्बन्ध आगो र पानीको जस्तै थियो । उनीहरुसँग मैले पैतृक सम्पत्तिको लागि मरिहत्ते गर्नुको कुनै औचित्य थिएन । मेरो शेषपछि मेरो सम्पत्तिलाई सकार्ने कोही पनि थिएन । पैतृक सम्पत्ति र मैले कमाएको सम्पति मेरो भाइलाई जाने अवस्था थियो । मैले यति के भनेको थिँए कि उनले सोधिन्, अनि बच्चालाई के गर्ने नि ?

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

अष्ट्रेलियामा असोज २७ गते विजयादशमी मनाउनुपर्ने अन्तर्राष्ट्रिय पञ्चांग समितिको निर्णय
अष्ट्रेलियामा असोज २७ गते विजयादशमी मनाउनुपर्ने अन्तर्राष्ट्रिय पञ्चांग समितिको निर्णय
अख्तियार दुरुपयोग अनुसन्धान आयोगकाे प्रमुख आयुक्तमा घिमिरे सर्वसम्मत !
अख्तियार दुरुपयोग अनुसन्धान आयोगकाे प्रमुख आयुक्तमा घिमिरे सर्वसम्मत !
न्यायालयको नेतृत्व खाली हुनुहुँदैनः प्रचण्ड
न्यायालयको नेतृत्व खाली हुनुहुँदैनः प्रचण्ड
जबर्जस्ती करणी मुद्दामा फरार राकेश नेपाली पक्राउ
जबर्जस्ती करणी मुद्दामा फरार राकेश नेपाली पक्राउ
Religious Guru Bhayyuji Maharaj commits suicide in Indore!
Religious Guru Bhayyuji Maharaj commits suicide in Indore!
अदालतको अनुमतिमा मात्र प्रहरीले पक्राउ गर्न पाउने, अभियुक्तलाई कुटे प्रहरीलाई नै जेल
अदालतको अनुमतिमा मात्र प्रहरीले पक्राउ गर्न पाउने, अभियुक्तलाई कुटे प्रहरीलाई नै जेल
‘महत्त्वपूर्ण घडीमा कैयौं कर्मचारी विदेशमा’
‘महत्त्वपूर्ण घडीमा कैयौं कर्मचारी विदेशमा’
गुण्डागर्दी निस्तेज पार्न काभ्रे प्रहरीले बढायो सतर्कता
गुण्डागर्दी निस्तेज पार्न काभ्रे प्रहरीले बढायो सतर्कता
राष्ट्रिय साइबर सुरक्षा नीति, २०८० स्वीकृत गर्ने सरकारको निर्णय
राष्ट्रिय साइबर सुरक्षा नीति, २०८० स्वीकृत गर्ने सरकारको निर्णय
बजेटमाथि सामान्य छलफल प्रारम्भ
बजेटमाथि सामान्य छलफल प्रारम्भ

तपाईंले छुटाउनुभयो कि?