तिलौराकोट प्राचीन दरबार क्षेत्रमा सरसफाइ

Shikharkhabar Shikharkhabar
|
शुक्रबार, आश्विन ५, २०८०
|
|
३८ पटक हेरिएको
Shares
तिलौराकोट प्राचीन दरबार क्षेत्रमा सरसफाइ

सारांश

  • लुम्बिनी ।
  • कपिलवस्तुस्थित प्राचीन कपिलवस्तु दरबार (तिलौराकोट) क्षेत्रको सरसफाइ सुरुआत गरिएको छ ।
  • यसका लागि लुम्बिनी विकास कोषका उपाध्यक्ष डा ल्याहारक्याल लामाले नेपाली सेनासँग समन्वय गरेका थिए ।

लुम्बिनी । कपिलवस्तुस्थित प्राचीन कपिलवस्तु दरबार (तिलौराकोट) क्षेत्रको सरसफाइ सुरुआत गरिएको छ । यसका लागि लुम्बिनी विकास कोषका उपाध्यक्ष डा ल्याहारक्याल लामाले नेपाली सेनासँग समन्वय गरेका थिए ।

शम्शेर दल गण गोरुसिङ्गेबाट खटिएका ३५ जना सेनाले प्राचीन कपिलवस्तु दरबार क्षेत्रमा सरसफाइ गरेका हुन् । यो टोलीले सरसफाइ निरन्रता दिने जनाइएको छ । उपाध्यक्ष डा लामाले गौतमबुद्धले २९ वर्ष बिताएको गृहनगर कपिलवस्तुको तिलौराकोट दरबार क्षेत्र ऐतिहासिक र बुद्धिष्टहरूको आस्थाको केन्द्र भएकाले सरसफाइ गरी सौन्दर्यकरण गर्ने प्रतिबद्धता जनाए ।

गणका सहायक सेनानी रामचरण चौधरीको टोलीले १५ दिनसम्म दरबार क्षेत्रमा सरसफाइ गर्ने छ । आफूहरूले विगतमा पनि यस क्षेत्रको सरसफाइ गर्दै आएको र कोषको निर्देशनअनुसार सरसफाइ कार्य गर्ने सहायक सेनानी चौधरीले बताए ।

तिलौराकोट दरबार क्षेत्रलाई प्रस्तुतियोग्य बनाउन सेनाको सहयोगमा हरेक वर्ष सरसफाइ गरिँदै आएको कोषका तिलौराकोट कार्यालयका प्रमुख माधवप्रसाद आचार्यले बताए । विश्व सम्पदा सूचीको प्रस्तावित क्षेत्र पनि भएकाले प्रस्तुतियोग्य बनाउन सफाइ कार्य गरिँदै आएको उनले बताए ।

तिलौराकोट दरबार राजा शुद्धोधनको गणराज्य तथा सिद्धार्थ गौतमले युवाअवस्थासम्म २९ वर्ष बिताएको स्थान हो ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

भारत–पाकिस्तान सीमा लाइन–अफ–कन्ट्रोलमा सैनिक कारबाही, ४ भारतिय सेना सहित ८ काे मृत्यु !
भारत–पाकिस्तान सीमा लाइन–अफ–कन्ट्रोलमा सैनिक कारबाही, ४ भारतिय सेना सहित ८ काे मृत्यु !
प्रधानमन्त्री देउवाका स्वकीय सचिव भन्छन्, “प्रधानमन्त्री पदमुक्त भइसक्नुभएको छ, एउटै व्यक्ति कतिचोटी पदमुक्त हुन्छ ?”
प्रधानमन्त्री देउवाका स्वकीय सचिव भन्छन्, “प्रधानमन्त्री पदमुक्त भइसक्नुभएको छ, एउटै व्यक्ति कतिचोटी पदमुक्त हुन्छ ?”
गृहमन्त्री लामिछानेविरुद्धको रिट ‘हेर्दाहेर्दै’मा, असार १६ गते सुनुवाई हुने
गृहमन्त्री लामिछानेविरुद्धको रिट ‘हेर्दाहेर्दै’मा, असार १६ गते सुनुवाई हुने
ट्रकको ठक्करबाट जिसस कैलालीका लेखापालसहित दुईको मृत्यु
ट्रकको ठक्करबाट जिसस कैलालीका लेखापालसहित दुईको मृत्यु
चर्चित व्यक्तिको विवरण पनि गोप्य नहुने
चर्चित व्यक्तिको विवरण पनि गोप्य नहुने
ओली–लेखकविरुद्ध जाहेरी लिन प्रहरीको इन्कार, काठमाडौं प्रहरी ‘हाई अलर्ट’ मा
ओली–लेखकविरुद्ध जाहेरी लिन प्रहरीको इन्कार, काठमाडौं प्रहरी ‘हाई अलर्ट’ मा
राति अवतरण गर्दा जहाजमा चरा ठोकिएपछि…
राति अवतरण गर्दा जहाजमा चरा ठोकिएपछि…
दशगजाको फोहर व्यवस्थापन हुन नसक्दा कृष्णनगर नै प्रदूषित
दशगजाको फोहर व्यवस्थापन हुन नसक्दा कृष्णनगर नै प्रदूषित
मनाेरञ्जन समाचार : अफिसको फोहोरमा फ्याँकिएको कागजका कारण चर्चित निर्देशक राजकुमार हिरानी संकटमा
मनाेरञ्जन समाचार : अफिसको फोहोरमा फ्याँकिएको कागजका कारण चर्चित निर्देशक राजकुमार हिरानी संकटमा
एघारौँ वर्ष प्रवेश गरेको वाग्मती सफाइ महाअभियान औपचारिकतामा सीमित
एघारौँ वर्ष प्रवेश गरेको वाग्मती सफाइ महाअभियान औपचारिकतामा सीमित

तपाईंले छुटाउनुभयो कि?