अरुण तेस्रोमा बम विस्फोट
सारांश
- काठमाडौं, १६ वैशाख – तुम्लिङटारमा रहेको बहुप्रतिक्षित अरुण तेस्रोको प्रशासनिक भवनमा बम विस्फोट भएको छ ।
- अरुण तेस्रोको कम्पाउन्डमा हिजो राति बम विस्फोट भएको हो ।
- तुम्लिङटारमा बनेको नयाँ भनवको प्रशासनिक भवनको कम्पाउन्डमा शनिबार राति बम विस्फोट भएको हो।
काठमाडौं, १६ वैशाख – तुम्लिङटारमा रहेको बहुप्रतिक्षित अरुण तेस्रोको प्रशासनिक भवनमा बम विस्फोट भएको छ । अरुण तेस्रोको कम्पाउन्डमा हिजो राति बम विस्फोट भएको हो ।
तुम्लिङटारमा बनेको नयाँ भनवको प्रशासनिक भवनको कम्पाउन्डमा शनिबार राति बम विस्फोट भएको हो। बम विस्फोट कसले र किन गरायो भन्ने थाहा हुन सकेको छैन । घटनाको जिम्मा कसैले नलिएको अनुसन्धान भैरहेको प्रहरीले जनाएको छ ।
श्निबार राति १२ बजे बम विस्फोट भएको प्रहरीले जनाएको छ । विस्फोटले गर्दा पर्खालमा सामान्य क्षति पुगेको प्रहरी निरीक्षक वेदप्रसाद गौतमले बताए।
यसअघि अरुण तेस्रोको पावरहाउस निर्माणस्थल पुखुवामा दुईपटक बम विस्फोट भएको थियो, त्यो दुवै विस्फोटको जिम्मेवारी विप्लव नेतृत्वको नेकपाले लिएको थियो।
कुल कमेन्ट:
0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया