प्रहरीको सुन अप्रेसनमा प्रश्नै प्रश्न, नवलपरासीबाट समातिए अभियुक्त

Shikharkhabar Shikharkhabar
|
बिहिबार, श्रावण १५, २०७७
|
|
२० पटक हेरिएको
Shares
प्रहरीको सुन अप्रेसनमा प्रश्नै प्रश्न, नवलपरासीबाट समातिए अभियुक्त

सारांश

  • प्रहरीले मंगलबार काठमाडौंमा गरेको ‘सुन अप्रेसन’मा प्रश्नै प्रश्न देखिएको छ ।
  • गाडीमा रहेका अभियुक्तहरु कसरी सजिलै उम्किए भन्ने रहस्यमय देखिएको छ ।
  • महानगरीय प्रहरी कार्यालयले गरेको प्रारम्भिक अनुसन्धानमा सुन्धाराबाट भन्दा अन्यत्रबाट गाडी भागेको देखिएको छ ।

प्रहरीले मंगलबार काठमाडौंमा गरेको ‘सुन अप्रेसन’मा प्रश्नै प्रश्न देखिएको छ । गाडीमा रहेका अभियुक्तहरु कसरी सजिलै उम्किए भन्ने रहस्यमय देखिएको छ ।

महानगरीय प्रहरी कार्यालयले गरेको प्रारम्भिक अनुसन्धानमा सुन्धाराबाट भन्दा अन्यत्रबाट गाडी भागेको देखिएको छ । जसकारण दरबारमार्ग तथा काठमाडौं प्रहरीमाथि प्रश्न उठेको छ ।

महानगरीय अपराध महाशाखाले घटनाको अनुसन्धान अघि बढाएको छ । जसमा नवलपरासीबाट अभियुक्तहरु पक्राउ परेका छन् । सो गाडी विगतमा नक्कली नोटको कारोबारमा संलग्न इल्ताफ अन्सारीको भएको खुलेको छ । यसमा ठूलो अन्र्डरवल्र्ड समूहको संलग्नता रहेको प्रारम्भिक अनुसन्धानमा देखिएको छ ।

प्रहरीले पिछा गरेको देखेपछि अभियुक्तहरु सुन र पेस्तोल गाडीबाट फालेर भागेका थिए ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?