‘दुई तिहाइ हुँदैमा सरकारले जनवादी केन्द्रीयताको सपना नदेखे हुन्छ’

Shikharkhabar Shikharkhabar
|
सोमबार, माघ २१, २०७५
|
|
२२ पटक हेरिएको
Shares
‘दुई तिहाइ हुँदैमा सरकारले जनवादी केन्द्रीयताको सपना नदेखे हुन्छ’

सारांश

  • काठमाडौं, २१ माघ ।
  • प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका नेता एवम् सांसद प्रकाशमान सिंहले सरकारले दुई तिहाईको दम्भ देखाए जनताले कुन दिन देखाईदिने भन्दै चेतावनी दिएका छन् ।
  • सोमबार पार्टीले सरकारको विरोधमा आयोजना गरेको विरोधसभामा बोल्दै उनले यस्तो चेतावनी दिएका हुन् ।

काठमाडौं, २१ माघ । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका नेता एवम् सांसद प्रकाशमान सिंहले सरकारले दुई तिहाईको दम्भ देखाए जनताले कुन दिन देखाईदिने भन्दै चेतावनी दिएका छन् ।

सोमबार पार्टीले सरकारको विरोधमा आयोजना गरेको विरोधसभामा बोल्दै उनले यस्तो चेतावनी दिएका हुन् । सिंहले दुई तिहाइ समर्थनप्राप्त सरकारले कांग्रेसलाई कमजोर ठानेमा उसको भूल हुने बताए। सिंहले प्रधानमन्त्री केपी ओली नेतृत्वको सरकार विधिको शासनमा चुकेको आरोप लगाए।

उनले भने, ‘राणा, पञ्चायत र राजतन्त्र ढाल्न नेतृत्व गरेको कांग्रेसको जिम्मेवारीपनलाई सरकारले कमजोरी ठान्यो भने जनताले जवाफ दिन्छन्। त्यो समयमा यो सरकारले विदा लिन्छ। दुई तिहाइ हुँदैमा सरकारले जनवादी केन्द्रीयताको सपना नदेखे हुन्छ, संविधान कार्यान्वयन कम्युनिष्टले नसके कांग्रेसले गर्छ।’

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?