बर्दियामा समानुपातिकमा कांग्रेस पहिलो

Shikharkhabar Shikharkhabar
|
बुधबार, मंसिर २७, २०७४
|
|
२२ पटक हेरिएको
Shares
बर्दियामा समानुपातिकमा कांग्रेस पहिलो

सारांश

  • प्रतिनिधि तथा प्रदेशसभा समानुपातिक निर्वाचनमा बर्दियाबाट नेपाली कांग्रेस पहिलो भएको छ।
  • बर्दियाका दुईवटा प्रनिनिधिसभाअन्तर्गत समानुपातिक तर्फको अन्तिम मत परिणामअनुसार नेपाली कांग्रेसले ६६ हजार ८९ मत प्राप्त गरी अग्रस्थानमा रहेको सूचना अधिकृत देवराज भारतीले बताए।
  • उनकाअनुसार नेकपा एमालेले ४६ हजार ७२८ मत प्राप्त गरी दोस्रो स्थानमा छ।

प्रतिनिधि तथा प्रदेशसभा समानुपातिक निर्वाचनमा बर्दियाबाट नेपाली कांग्रेस पहिलो भएको छ। बर्दियाका दुईवटा प्रनिनिधिसभाअन्तर्गत समानुपातिक तर्फको अन्तिम मत परिणामअनुसार नेपाली कांग्रेसले ६६ हजार ८९ मत प्राप्त गरी अग्रस्थानमा रहेको सूचना अधिकृत देवराज भारतीले बताए। उनकाअनुसार नेकपा एमालेले ४६ हजार ७२८ मत प्राप्त गरी दोस्रो स्थानमा छ। माओवादी केन्द्रले ४५ हजार ६९८ मत प्राप्त गरी तेस्रो स्थानमा छ।

प्रदेशसभा समानुपातिकतर्फ चारैवटा प्रदेशबाट नेपाली कांग्रेसले ६० हजार ४४३, माओवादी केन्द्रले ४४ हजार १२८ र नेकपा एमालेले ४४ हजार ११४ मत प्राप्त गरेका छन्। प्रदेशसभातर्फ नेपाली कांग्रेस पहिलो, माओवादी केन्द्र दोस्रो र नेकपा एमाले तेस्रो स्थानमा छन्।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?