फिल्मी शैलीमा लुटपाट:लुटपाटमा संलग्न ६ जना पक्राउ

Shikharkhabar Shikharkhabar
|
बिहिबार, फाल्गुन १२, २०७३
|
|
४८४ पटक हेरिएको
Shares
फिल्मी शैलीमा लुटपाट:लुटपाटमा संलग्न ६ जना पक्राउ

सारांश

  • राजधानीको सबैभन्दा व्यस्त रहने न्यूरोडमा फिल्मी शैलीमा अपहरण र लुटपाट भएको छ ।
  • लुटपाटमा संलग्न ६ जना पक्राउ परेका छन् ।
  • घटना गत मंगलबारको हो ।

राजधानीको सबैभन्दा व्यस्त रहने न्यूरोडमा फिल्मी शैलीमा अपहरण र लुटपाट भएको छ । लुटपाटमा संलग्न ६ जना पक्राउ परेका छन् ।

घटना गत मंगलबारको हो । काका-भतिज नारायण खराल र विधान न्यूरोडको ग्लोबल आईएमई बैंकबाट पैसा निकालेर बाहिर मात्र के निस्किएका थिए, हामी अख्तियारबाट आएका हौं भन्दै ६ जनाको समूहले उनीहरुलाई पक्राउ गर्‍यो ।


४ लाख २७ हजार रुपैयाँको चेक साटेका उनीहरुमाथि हुण्डीको कारोबार गरेको अभियोग लगाइएको थियो । ६ जनाको समूहले काका-भतिजलाई ट्याक्सीमा राख्यो तर, अख्तियारको कार्यालय टंगाल होइन, डल्लु पुर्‍यायो ।

डल्लु पुर्‍याएपछि खुकुरी देखाएर उनीहरुसँग भएको रकमका साथै तीन थान चेक, आइफोन, सामसुङ र नोकिया मोबाइलका साथै काका-भतिजको पर्स लुटेर लग्यो ।

लुटपाटमा संलग्न ६ जनालाई महानगरीय प्रहरी अपराध महाशाखाको टोलीले पक्राउ परेको छ । पक्राउ पर्नेमा गोरखाका नारायण बानियाँ, सदिप थापा मगर, अशोक वानियाँ, शिव वानियाँ र रुकुमका विश्वास घर्ती मगर र धनकुमार परियार छन् ।

लुटपाटमा संलग्न विश्वास र नारायण योजनाकार भएको प्रहरी अनुसन्धानबाट खुलेको छ । कारियाबाट फर्किएका नारायण हुण्डीको काराबार गर्छन् र उनले बैंकमा कारोबार गर्नेहरुको निगरानी गर्ने काम गर्दै आएका थिए । दुबैले लुटपाटको योजना बनाएपछि चार जना सहयोगी खोजेका थिए, जसमध्ये अशोक र शिव बानियाँ पूर्वसैनिक समेत हुन् ।

नारायण मंगलबार विहान ११ बजे नै न्यूरोड पुगेका थिए । र, करिव २ः४५ बजेतिर बैंकमा पुगेका खराल काका-भतिज उनीहरुको लुटको शिकार भए ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

आज शुक्रबार, यस्तो छ तपाईंको राशिफल
आज शुक्रबार, यस्तो छ तपाईंको राशिफल
सवारी दुर्घटनामा मृत्यु
सवारी दुर्घटनामा मृत्यु
देउवा मन्त्रिपरिषद् सम्पत्ति विवरण सार्वजनिक गर्न आलटाल
नयाँबसपार्कको कान्तिपुर मल दशैँ योजना स् मोटरसाइकलदेखि टेलिभिजनसम्म उपहार
नयाँबसपार्कको कान्तिपुर मल दशैँ योजना स् मोटरसाइकलदेखि टेलिभिजनसम्म उपहार
सानैमा माओवादी विद्रोहीले लगेका थिए, विद्रोहीबाटै मारिए
सानैमा माओवादी विद्रोहीले लगेका थिए, विद्रोहीबाटै मारिए
होस गर्नुस् , तपाईंलाई पुरुष ग्रन्थीसम्बन्धी समस्या हुनसक्छ !
होस गर्नुस् , तपाईंलाई पुरुष ग्रन्थीसम्बन्धी समस्या हुनसक्छ !
नयाँ पार्टी खोल्दै माधव नेपाल, झलनाथ र भीम रावलले पाउनेछने यी जिम्मेवारी
‘मिथिलाञ्चल तराई प्रदेश’ घोषणा गर्नुपर्नेमा जोड
‘मिथिलाञ्चल तराई प्रदेश’ घोषणा गर्नुपर्नेमा जोड
दक्षिण कोरियाले नेपाललाई दियो पाँच करोड पचास लाख
दक्षिण कोरियाले नेपाललाई दियो पाँच करोड पचास लाख
भारत नेपालको विकास भएको हेर्न चाहन्छ, हामी सहयोग गर्छौं : भाजपा बरिष्ठ नेता आड्वाणी
भारत नेपालको विकास भएको हेर्न चाहन्छ, हामी सहयोग गर्छौं : भाजपा बरिष्ठ नेता आड्वाणी

तपाईंले छुटाउनुभयो कि?