नयाँ पार्टी खोल्दै माधव नेपाल, झलनाथ र भीम रावलले पाउनेछने यी जिम्मेवारी

Shikharkhabar Shikharkhabar
|
आइतबार, जेठ ९, २०७८
|
|
३७ पटक हेरिएको
Shares

सारांश

  • नेकपा एमाले विभाजित हुने निश्चितप्रायः भएको छ ।
  • एमाले अध्यक्ष केपी शर्मा ओलीले नेता माधव नेपाल, झलनाथ खनाल, भीम रावलसहितलाई कारबाहीको तयारी गरेका छन् ।
  • कारबाही प्रक्रिया बढेलगत्तै माधव नेपाल समूहले नयाँ दल खोल्ने प्रक्रिया बढाएको छ ।

नेकपा एमाले विभाजित हुने निश्चितप्रायः भएको छ । एमाले अध्यक्ष केपी शर्मा ओलीले नेता माधव नेपाल, झलनाथ खनाल, भीम रावलसहितलाई कारबाहीको तयारी गरेका छन् ।

कारबाही प्रक्रिया बढेलगत्तै माधव नेपाल समूहले नयाँ दल खोल्ने प्रक्रिया बढाएको छ । नेपालले नयाँ दल खोल्नलागेको खुलासा गरेका छन् । उनले नयाँ दल खोल्न वाध्य पारिएको प्रतिक्रिया दिएका छन् ।

नेपाल समूहले नयाँ दलको खाका यसअघि नै तयार गरिसकेको छ । पार्टीको नाम र चुनाव चिन्हको समेत टुंगो लगाएर बढ्न लागेको बुझिएको छ ।

नयाँ दलमा अध्यक्ष माधव नेपाल नै हुने बुझिएको छ । भीम रावलले महासचिवको जिम्मेवारी पाउनेछन् । वरिष्ठ नेतामा झलनाथ खनाल हुनेछन् ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?