बोइङका ५० वटा बिमानमा क्षति भएको देखिएपछि “ग्राउन्डेड”

Shikharkhabar Shikharkhabar
|
बिहिबार, कार्तिक १४, २०७६
|
|
४१ पटक हेरिएको
Shares
बोइङका ५० वटा बिमानमा क्षति भएको देखिएपछि “ग्राउन्डेड”

सारांश

  • सिड्नी।
  • बोइङ कम्पनीका निकै लोकप्रिय ७३७एनजी सिरिजका ५० वटा बिमानमा क्षति (क्राक्स) पुगेको भेटिएपछि उडान प्रतिबन्ध (ग्राउन्डेड) गरिएको कम्पनीले बिहीबार घोषणा गरेको छ।
  • यसअघि नै दुई वटा घातक दुर्घटना व्यहोरेको बोइङका लागि यो अर्को गम्भीर समस्या हो।

सिड्नी। बोइङ कम्पनीका निकै लोकप्रिय ७३७एनजी सिरिजका ५० वटा बिमानमा क्षति (क्राक्स) पुगेको भेटिएपछि उडान प्रतिबन्ध (ग्राउन्डेड) गरिएको कम्पनीले बिहीबार घोषणा गरेको छ। यसअघि नै दुई वटा घातक दुर्घटना व्यहोरेको बोइङका लागि यो अर्को गम्भीर समस्या हो।

अस्ट्रेलियाली राष्ट्रिय ध्वजाबाहक क्वान्टासले एउटा बिमानमा समस्या भेटिएपछि ग्राउन्डेड गरेको जनाएको छ। क्वान्टासले यही सिरिजका अरु ३२ बिमानको पनि परीक्षण गर्न लागेको छ, तर कम्पनीले यात्रुहरुलाई चिन्ता नलिन आग्रह गरेको छ।

गत अक्टोबरको शुरुमै दक्षिण कोरियाली अधिकारीहरुले बिमानमा क्षति देखिएको पत्ता लगाएसँगै नौ वटा बिमान ग्राउन्डेड गरेका थिए। यी बिमानमध्ये कोरियन एयरका पाँच वटा थिए।

बिमानमा समस्या देखिएलगत्तै अमेरिकी नियामक निकायले बिमानको तत्काल परीक्षण गर्न बोइङ कम्पनीलाई आदेश दिएको थियो।

क्वान्टासको घोषणालगत्तै बोइङ कम्पनीका एक जना प्रवक्ताले बिहीबार नै एक हजार बिमानमध्ये ५ प्रतिशतभन्दा कम बिमानमा स–साना दरार देखिएको बताएका छन् । प्रवक्तले ती बिमानको मर्मत शुरु भइसकेको पनि जानकारी दिए।

क्वान्टासको इन्जिनियरिङ विभागका प्रमुख क्रिस स्नूकले बिमान पूर्णरुपमा सुरक्षित महसुस नगर्दासम्म कुनै पनि बिमान नउडाउने बताए।

अमेरिकी नियामक निकाय संघीय नागरिक उड्डयन प्रशासनले ३० हजार पटकभन्दा बढी उडेका सबै ७३७एनजी सिरिजका बिमानको तत्कालै प्राविधिक जाँच गर्न आदेश दिइसकेको छ। तर क्वान्टासले ३० हजार पटकभन्दा कम उडेका बिमानमा पनि यस्तै समस्या देखिएको जनाएको छ।

यी बिमानहरु सामान्यतया अस्ट्रेलियाभित्र र छिमेकी न्यूजील्यान्डसम्म मात्र उडाइएको क्वान्टासले जनाएको छ।

अस्ट्रेलियाली नियामक निकायले अस्ट्रेलियाकै निजी क्षेत्रको भर्जिन एयरवेजले बोइङ ७३७एनजी सिरिजका सबै १७ वटा बिमानको प्राविधिक परीक्षण सम्पन्न गरिएको र त्यसमा कुनै समस्या नदेखिएको जनाएको छ।

बोइङका ७३७ म्याक्स सिरिजका लगातार दुई वटा बिमान दुर्घटना हुँदा ३४६ जनाको मृत्यु भएपछि बोइङका बिमानहरुको सुरक्षाप्रति सर्वत्र चासो उत्पन्न भएको छ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

जन्मदरको लक्ष्य पूरा गर्न चिनियाँ सरकारले दोस्रो सन्तान जन्माउने जोडीलाई आर्थिक प्रोत्साहन
जन्मदरको लक्ष्य पूरा गर्न चिनियाँ सरकारले दोस्रो सन्तान जन्माउने जोडीलाई आर्थिक प्रोत्साहन
शनिबार उत्साहित देखिएका बाबुराम भोलिपल्टै निराश, भाँडियो उपेन्द्रसँगको एकता
शनिबार उत्साहित देखिएका बाबुराम भोलिपल्टै निराश, भाँडियो उपेन्द्रसँगको एकता
डेंगु नियन्त्रणका लागि विद्यालय बन्द
डेंगु नियन्त्रणका लागि विद्यालय बन्द
विश्वभर कोरोनाबाट ज्यान गुमाउने संख्या ८ लाख नाघ्यो
KBC Question 13, What Is Meaning of Protem In Protem Speaker ?
KBC Question 13, What Is Meaning of Protem In Protem Speaker ?
उपप्रधानमन्त्री महराले गरे चुनावी एजेण्डा पुराः हवाई सेवा सञ्चालनमा
उपप्रधानमन्त्री महराले गरे चुनावी एजेण्डा पुराः हवाई सेवा सञ्चालनमा
नेपाली खाना अन्तर्राष्ट्रियस्तरमा चिनाउन कार्यालयकाे स्थापना !
नेपाली खाना अन्तर्राष्ट्रियस्तरमा चिनाउन कार्यालयकाे स्थापना !
पशुपतिमा धर्मशाला- दुई देशलाई जोड्ने पुल : प्रम ओली
पशुपतिमा धर्मशाला- दुई देशलाई जोड्ने पुल : प्रम ओली
नेपालसँग मोदीको भावनात्मक सम्बन्ध छ -ऋषि धमला
नेपालसँग मोदीको भावनात्मक सम्बन्ध छ -ऋषि धमला
कांग्रेस अहिले सहानुभुती देखाउनु पर्ने अवस्थामा छ – केपि ओली
कांग्रेस अहिले सहानुभुती देखाउनु पर्ने अवस्थामा छ – केपि ओली