बञ्चरे डाडामा फोहोर बिसर्जनमा रोक लगाउने चेतावनी

Shikharkhabar Shikharkhabar
|
बुधबार, चैत्र १, २०७९
|
|
२१ पटक हेरिएको
Shares
बञ्चरे डाडामा फोहोर बिसर्जनमा रोक लगाउने चेतावनी

सारांश

  • काठमाडौं ।
  • बञ्चरेडाँडा ल्यान्डफिल साइटमा फोहोर फाल्न रोक लगाउने चेतावनी दिइएको छ ।
  • बञ्चरेडाँडा ल्यान्डफिल साइट प्रभावित क्षेत्र सरोकार समितिले बैशाखसम्म आफनो माग सम्बोधन नभएमा आगामी जेठदेखि फोहोर फाल्नमा रोक लगाउने चेतावनी दिएको हो ।

काठमाडौं । बञ्चरेडाँडा ल्यान्डफिल साइटमा फोहोर फाल्न रोक लगाउने चेतावनी दिइएको छ । बञ्चरेडाँडा ल्यान्डफिल साइट प्रभावित क्षेत्र सरोकार समितिले बैशाखसम्म आफनो माग सम्बोधन नभएमा आगामी जेठदेखि फोहोर फाल्नमा रोक लगाउने चेतावनी दिएको हो ।

सरोकार समितिका संयोजक श्रीराम ढुंगाना र उपसंयोजक सनत उप्रेतीले संयुक्त रुपमा प्रधानमन्त्री तथा मन्त्रीपरिषद कार्यालय, सहरी विकास मन्त्रालय र महानगरपालिकालाई पत्रचारमार्फत उक्त चेतावनी दिएको हो । ‘सरकार तथा फोहरमैला विसर्जन गर्ने सबै पक्षले उक्त क्षेत्रको नागरिकको स्वच्छ वातावरणमा बाँच्न पाउने मौलिक हक, अधिकार हनन गरेको र आउदा दिनमा उक्त क्षेत्रको आम नरसंहार हुनसक्ने गम्भीर मामिलामा सरकारी पक्षले सधै बेवास्ता गरी राज्यशक्तिकाे दुरुपयोग गरी दमन चक्रद्वारा उपत्यकाको समग्र फोहरमैला विसर्जन गरिरहने दुष्प्रयास जारी राखेकोले त्यस्तो घृणित कार्यको हामी घोर विरोध गर्दछौँ,’ पत्रमा भनिएको छ, ‘सरोकारवाला तीन निकायलाई लेखिएको पत्रमा अगाडि भनिएको छ, ‘प्रभावित क्षेत्रमा मानववस्ती रहित क्षेत्र कायम गर्न वा फोहरमैला निषेधित क्षेत्र गर्ने भन्ने सन्दर्भमा सरकार तथा सम्बद्ध पक्ष स्थानीय निकाय समेतले वैशाख मसान्त भित्र सरकारको त्यस्तो धारणा सहित विश्वास योग्य कार्यान्वयन प्रक्रिया सुरु नगरे स्थानीय नागरिकद्वारा ०८० जेठ १ गतेदेखि उक्त क्षेत्रमा फोहरमैला लैजान सदाका लागी पूर्ण रूपमा रोक लगाइने ब्यहोरा अनुरोध छ ।’

महानगरपालिका र स्थानिय सरोकारावाला बिच पटक पटक छलफल भएर सहज भएको फोहोर मैला बिसर्जन पुन: रोकिने भए पछि काठमाडौंमा दुर्गन्ध फैलिने सम्भावना बढेको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

पानी खान खनेको कुवामा आगो लागेपछि गाउँले चकित
पानी खान खनेको कुवामा आगो लागेपछि गाउँले चकित
कार्यक्रम कार्यान्वयनकार्यक्रम कार्यान्वयन नगर्ने परिपाटी अन्त्य हुनुपर्छः मुख्मन्त्री पौडेल
कार्यक्रम कार्यान्वयनकार्यक्रम कार्यान्वयन नगर्ने परिपाटी अन्त्य हुनुपर्छः मुख्मन्त्री पौडेल
कात्तिक ४ गते सोमबारको राशिफल यस्तो छ
रासायनिक मलमा अनुदान कटौती गर्ने निर्णय फिर्ता
रासायनिक मलमा अनुदान कटौती गर्ने निर्णय फिर्ता
कोपा अमेरिकाको विषयलाई लिएर मेस्सीलाई प्रतिबन्ध !
कोपा अमेरिकाको विषयलाई लिएर मेस्सीलाई प्रतिबन्ध !
इच्छाकामनामा दादुरा विरुद्धको विशेष खोप अभियान सुरु
इच्छाकामनामा दादुरा विरुद्धको विशेष खोप अभियान सुरु
कुख्यात अपराधी पक्राउ गरिदिन चीनको पत्र
कुख्यात अपराधी पक्राउ गरिदिन चीनको पत्र
देवकोटासँग जोडिएको एक बिरामी:  पहिले हाँस अनि बल्ल हेर्छु रिपोर्ट भन्नुहुन्थ्याे !
देवकोटासँग जोडिएको एक बिरामी: पहिले हाँस अनि बल्ल हेर्छु रिपोर्ट भन्नुहुन्थ्याे !
स्वास्थ्यमा समस्या आएपछि राष्ट्रपति भण्डारी त्रिवी शिक्षण अस्पतालमा
स्वास्थ्यमा समस्या आएपछि राष्ट्रपति भण्डारी त्रिवी शिक्षण अस्पतालमा
इंगल्याण्ड फाइनलमा, २३ वर्षपछि नयाँ विजेता बन्दै विश्वकप क्रिकेटमा
इंगल्याण्ड फाइनलमा, २३ वर्षपछि नयाँ विजेता बन्दै विश्वकप क्रिकेटमा

तपाईंले छुटाउनुभयो कि?