घिमिरेको खुलासा : ओलीलाई भ्रष्टाचारले तान्छ, ज्ञानेन्द्र राजा बन्ने सम्भावना छ

Shikharkhabar Shikharkhabar
|
शुक्रबार, फाल्गुन ९, २०७६
|
|
२० पटक हेरिएको
Shares
घिमिरेको खुलासा : ओलीलाई भ्रष्टाचारले तान्छ, ज्ञानेन्द्र राजा बन्ने सम्भावना छ

सारांश

  • काठमाडौं, ९ फागुन ।
  • बरिष्ठ पत्रकार युवराज घिमिरेले पूर्वराजा ज्ञानेन्द्र शाह पूनः राजा बन्ने सनसनीपूर्ण खुलासा गरेका छन् ।
  • नेपालीहरुले निर्णय गर्न पाए पूर्वराजा शाह यो देशको राजा बन्न सम्भव रहेको उनको तर्क छ ।

काठमाडौं, ९ फागुन । बरिष्ठ पत्रकार युवराज घिमिरेले पूर्वराजा ज्ञानेन्द्र शाह पूनः राजा बन्ने सनसनीपूर्ण खुलासा गरेका छन् ।नेपालीहरुले निर्णय गर्न पाए पूर्वराजा शाह यो देशको राजा बन्न सम्भव रहेको उनको तर्क छ । वर्तमान प्रधानमन्त्री केपी शर्मा ओलीले पाँच वर्ष नै काम गर्न नपाउने उनको दाबी छ । उनले भने,‘केपी ओलीलाई नै भ्रष्टाचारले तान्छ । नेपाल ट्रष्टको सम्पत्ति छानबिन भयो भने त्यसैले उहाँलाई लान्छ । र, यो जग्गा छानबिन हुन्छ नै ।’

गोकुल प्रसाद बाँस्कोटाले मन्त्रीबाट राजीनामा दिएपनि यो कमिशनको टेप प्रकरणमा कसले छानबिन गर्ने हो भन्ने प्रश्न उठाएका छन् । बिहीबार राति प्राईम टाईम्स टेलिभिजनबाट प्रशारण भएको ‘जनता जान्न चाहन्छन्’ कार्यक्रममा पत्रकार ऋषि धमलासँग कुरा गर्दै पत्रकार घिमिरेले यस्तो बताएका हुन् । उनले यो प्रकरणमा निश्पक्ष र स्वतन्त्र छानबिन हुनुपर्ने माग गरे ।उनले भनेका छन्,‘उहाँले छानबिन होस भनेर राजीनामा गर्नुभएको छ। तर, छानबिन कसले गर्छ, संसदले गर्छ वा संसदीय समितिले गर्छ ? हामीहरुको मूलुकमा एउटा सबभन्दा खतरनाक परम्परा के छ भन्नुहोला भने यस्ता विषयहरुमा छानबिन गर्नु भनेको ती विषयलाई दबाउनु हो । दोषीलाई कारबाही नगराउनु हो ।’

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?