रणवीर-श्रद्धा अभिनित चलचित्रको सेटमा आगलागी, एक जनाको मृत्यु
सारांश
- रणवीर कपुर र श्रद्धा कपुर अभिनित एक चलचित्रको सुटिङ सेटमा शुक्रबार साँझ भयानक आगलागी भएको छ ।
- आगलागीमा परि ३२ वर्षीय एक युवकको मृत्यु भएको कुपर अस्पतालका डा सदाफुलेले बताए ।
- घटनामा एक जना घाइते भएका छन् ।
रणवीर कपुर र श्रद्धा कपुर अभिनित एक चलचित्रको सुटिङ सेटमा शुक्रबार साँझ भयानक आगलागी भएको छ । आगलागीमा परि ३२ वर्षीय एक युवकको मृत्यु भएको कुपर अस्पतालका डा सदाफुलेले बताए । घटनामा एक जना घाइते भएका छन् ।
मुम्बईको अंधेरी वेस्ट इलाकामा तयार पारिएको सेटमा शुक्रबार सुटिङ भइरहेको थियो । साँझ ४:३० बजे अचानक सेटमा आगलागी भएको थियो ।
नाम तय भइनसकेको यो चलचित्रमा रणवीर र श्रद्धाले चाँडै सुटिङ गर्ने तयारीमा थिए । आगलागीका कारण सेटमा पूर्ण क्षति पुगेकाले चलचित्रको छायांकन अनिश्चित भएको छ ।
कुल कमेन्ट:
0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया