भैरहवामा छोरालाई सम्झिएर भावुक बने प्रचण्ड, सम्झदै के भने ?

Shikharkhabar Shikharkhabar
|
शनिबार, पौष ८, २०७४
|
|
३४ पटक हेरिएको
Shares
भैरहवामा छोरालाई सम्झिएर भावुक बने प्रचण्ड, सम्झदै के भने ?

सारांश

  • भैरहवा, पुस ८ ।
  • माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले दिवंगत छोरा प्रकाश दाहललाई स्मरण गर्दै जेसिजमा आबद्ध युवाहरुलाई प्रकाश भएर काम गर्न आग्रह गरेका छन् ।
  • नेपाल जेसीजको ४४औं राष्ट्रिय महाधिवेशनको शनिबार भैरहवामा उद्धघाटन गर्दै प्रचण्डले प्रकाश जस्तो उज्यालो भएर काम गर्न आग्रह गरेका हुन् ।

भैरहवा, पुस ८ । माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले दिवंगत छोरा प्रकाश दाहललाई स्मरण गर्दै जेसिजमा आबद्ध युवाहरुलाई प्रकाश भएर काम गर्न आग्रह गरेका छन् । नेपाल जेसीजको ४४औं राष्ट्रिय महाधिवेशनको शनिबार भैरहवामा उद्धघाटन गर्दै प्रचण्डले प्रकाश जस्तो उज्यालो भएर काम गर्न आग्रह गरेका हुन् ।

छोरालाई सम्झिएर भावुक बनेका प्रचण्डले भने– ‘केही समय अघि निर्वाचनकै मुखमा मैले छोरा प्रकाशलाई गुमाए, तपाईहरु सबै मेरा लागि प्रकाश हो, उज्यालो छर्नुस्, प्रकाश जस्तै भएर काम गर्नुस् ।’

जेसीसमा लागेका युवाहरु अनुशासित, लगनशील, जुझारु र क्षमतावान हुने बताउदै प्रचण्डले देशको विकास र आर्थिक समृद्धिमा लाग्न युवाहरुलाई आह्वान गरे । उनले स्वदेशमा रोजगारीको अवसर नपाउदा सयौं युवाहरु विदेश पलायन हुने समस्या जगजाहेर रहेको भन्दै अब स्वदेशमै रोजगारीको अवसर सिर्जना हुने बताए ।

लामो समय देश संक्रमणकालिन अवस्थाबाट गुज्रेकाले युवा शक्तिमा वितृष्ण पैदा भएको अध्यक्ष प्रचण्डले बताए । उनले अब देशमा तीन तहको निर्वाचन सम्पन्न भइसकेको र जनताले पनि वाम गठबन्धनलाई म्यान्डेट दिएकाले सोहीअनुसार देश विकासमा लाग्ने बताए ।

गौतमबुद्धको जन्मस्थल लुम्बिनी विकासको सूत्र भएको बताउदै प्रचण्डले लुम्बिनी र रुपन्देहीको विकासलाई सँगसँगै अगाडि बढाउन सके मात्रै आर्थिक समृद्धिको सपना पुरा हुने बताए । बिगतका घटनाक्रमहरुबाट धेरै कुराहरु सिकिएको बताउँदै मुलुकको समृद्धीका लागि अब एक भएर काम गर्ने बेला आएको उनले बताए ।

प्रतिक्रिया

4 कमेन्ट

    Comment Author

    Rajan Neupane

    Hindu Dharma anusaar xora marepaxi tesko kaaj nagarne vaya k khaana samjhera , janataharu Lai naatak dekhaayako ,

    Comment Author

    Dukpa Sherpa

    अरुकाे छाेर छाेरि चैके कुखूरा काे चल्ला हाेरा क्राम्ररेट मयाता सबैकाे बराबर हाेइनारा श्री मान

    Comment Author

    आर जि बिरही

    १७ हजारौंको हत्या हुँदा तिनीहरु मा कहिल्यै प्रकाश को अनुहार देखिएन महाराज ज्यु ?

    Comment Author

    Sunder Tony Upreti

    Aafno pyaro manxe marnu vaneko ramro hoina but yo manxele ajhai pani aalo palo kursi khojeko dekhda malai achamma lageko xa ?

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 4
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?