बढ्यो सुनको मूल्य
सारांश
- काठमाडौं ।
- नेपाली बजारमा सुनको भाउ आज पनि बढेको छ ।
- अघिल्लो दिन बढेको सुनको भाउ आज पनि तोलामा २०० रुपैयाँले वृद्धि भएको हो ।
काठमाडौं । नेपाली बजारमा सुनको भाउ आज पनि बढेको छ । अघिल्लो दिन बढेको सुनको भाउ आज पनि तोलामा २०० रुपैयाँले वृद्धि भएको हो ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला १ लाख २० हजार ७०० रुपैयाँमा कारोबार भइरहेको छ । यस्तै तेजावी सुन तोलामा १ लाख २० हजार १०० रुपयाँमा कारोबार भइरहेको छ ।
आज चाँदीको मूल्य भने स्थिर रहेको । चाँदीको मूल्य मंगलबार प्रतितोला १ हजार ४७५ रुपैयाँ कायम भएकोमा आज पनि सोही मूल्यमा कारोबार भइरहेको छ ।
कुल कमेन्ट:
0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया