असई पक्रन विप्लव समूहले दियो पक्राउ पुर्जी (जनअदालतको चेतावनी पत्रसहित)
सारांश
- कैलालीमा विप्लव नेतृत्वको पार्टीले प्रहरीविरुद्ध पक्राउ पुर्जी जारी गरेको छ।
- जनअदालतको नाम दिएर नेकपाले राष्ट्रिय अनुसन्धान विभागमा कार्यरत प्रहरी सहायक निरिक्षकलाई पक्राउ पुर्जी जारी गरेको हो ।
- कैलाली जनअदालत प्रमुख विकासको नामबाट जारी उक्त पुर्जीमा राष्ट्रिय अनुसनधान विभागका असई भैरव कुँवरलाई २५ दिनभित्र उपस्थित हुन’ आदेश दिइएको छ ।
कैलालीमा विप्लव नेतृत्वको पार्टीले प्रहरीविरुद्ध पक्राउ पुर्जी जारी गरेको छ। जनअदालतको नाम दिएर नेकपाले राष्ट्रिय अनुसन्धान विभागमा कार्यरत प्रहरी सहायक निरिक्षकलाई पक्राउ पुर्जी जारी गरेको हो । कैलाली जनअदालत प्रमुख विकासको नामबाट जारी उक्त पुर्जीमा राष्ट्रिय अनुसनधान विभागका असई भैरव कुँवरलाई २५ दिनभित्र उपस्थित हुन’ आदेश दिइएको छ ।
सार्वजनिक स्थानमा सुचना टाँसिएका उक्त पुर्जीमा लेखिएको छ– ‘कैलालीको वर्दगोरीया गाउँपालिका–१ साझा भन्ने ठाउँमा बस्ने नवराज कुँवरका छोरा भैरव कुँवरलाई २५ दिनभित्र जनअदालतमा उपस्थित हुन पक्राउ पुर्जी जारी गरिएको हो।
अनुसन्धान विभागमा असई पदमा कार्यरत कुँवरमाथि नेकपाका नेता कार्यकर्ताको सुराकी, अपहरण र ज्यान मार्ने उद्योग गरेको आरोप लगाइएको छ। ‘बाटोका म्यादबाहेक २५ दिनभित्र आफैं वा पक्राउ पुर्जी बमोजिम पक्राउ परी यस अदालतमा हाजिर हुन आउनु होला जारी पुर्जीमा उल्लेख छ।
राष्ट्रपतिदेखि मन्त्रीसम्मको तलव बढ्यो, कसको तलब कति?
काठमाडौं।चौतर्फी आलोचना खेपिरहेको सरकारले राष्ट्रपति, उपराष्ट्रपति, प्रधानमन्त्री मन्त्रीको तलव वढाएपछि सामाजिक सञ्जालमा यसको व्यापक विरोध भएको छ । गत बिहीबार बसेको मन्त्रिपरिषद्को बैठकले बढ तलब आगामी साउन १ गतेदेखि नै लागू गर्ने निर्णय गरेको छ ।
राष्ट्रपति, उपराष्ट्रपति, प्रधानमन्त्री, प्रधानन्यायाधीश, सभामुख, राष्ट्रियसभा अध्यक्ष, उपप्रधानमन्त्री, मन्त्रीहरूको तलबमा १८ प्रतिशतले वृद्धि गरिएको छ । यसबाट राज्यले अब वार्षिक १८ करोड थप व्ययभार भोग्नुपर्नेछ । अब राष्ट्रपतिको तलब १ लाख ७७ हजार पुग्ने भएको छ । यसअघि १ लाख ५० हजार थियो । उपराष्ट्रपतिको १ लाख २५ हजार, प्रधानमन्त्रीको ९१ हजार, सभामुख र उपसभामुखको तलब ७९ हजार हुने भएको छ ।
कसको तलव कति ?
पद तलब
राष्ट्रपति– १ लाख ७७ हजार, उपराष्ट्रपति –१ लाख २५ हजार, प्रधानमन्त्रीको–९१ हजार, सभामुख–७९ हजार, उपसभामुख–७९ हजार
छोखोर दुछेन अर्थात् धर्मचक्र प्रवर्तन महोत्सव
भोट हिमाली क्षेत्रका बौद्धमार्गीहरूले आजको दिनलाई छोखोर दुछेन अर्थात् भगवान शाक्यमुनि बुद्धले बुद्धत्व प्राप्त पश्चात् पहिलो पटक धर्मचक्र प्रवर्तन गर्नु भएको दिनको रूपमा मान्ने गर्दछ । यस दिनलाई भोट ज्योतिष पात्रो अनुसार छैठौँ महिनाको चतुर्थी तिथिको दिन परेकोले भोट भाषामा डुक्पा छेजी भन्ने गर्दछ ।
शाक्यमुनि बुद्धले बुद्धत्व प्राप्त पश्चात् आज कै दिन भारत उत्तर प्रदेश वाराणसीको सारनाथ मृगदाव ऋषिपत्तन वनमा पहिलो पटक पञ्चवर्गीय भिक्षु (अज्ञात कौण्डिन्य, अश्वजित, वाष्प, महानाम र भद्रिय) लाई चार आर्य सत्य (दुःख – संसारमा दुःख छ । समुदाय – दुःखको कारण छ । निरोध – दुःख कारणको निवारण छ । मार्ग – दुःख कारण निवारणको लागि आर्य अष्टांगिक मार्ग छ ।) को उपदेश दिनु भएको थियो । जसलाई धर्मचक्र प्रवर्तन भनिन्छ ।
धर्मचक्र प्रवर्तन महोत्सवका दिन बौद्धमार्गीहरूले पवित्र स्थानहरूमा धार्मिक प्रवचन र गोन्पाहरूमा भिक्षु, श्रमणेर, श्रमणेरिका र उपसाक, उपसिकाहरू शील धारण गरी पाठपूजाको साथै ञ्युङन्ये मौनव्रत बस्ने प्रचलन पनि रहेको छ ।
प्रतिक्रिया