नेपालकाे बारेमा नयाँदिल्लीमा बाेले नरेन्द्र माेदी

Shikharkhabar Shikharkhabar
|
आइतबार, श्रावण २७, २०७५
|
|
३० पटक हेरिएको
Shares
नेपालकाे बारेमा नयाँदिल्लीमा बाेले नरेन्द्र माेदी

सारांश

  • नयाँदिल्ली, २७ साउन।
  • भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले चीनको बढ्दो प्रभावले नेपाल र भारतका जनताबीचको सम्बन्धमा कुनै प्रभाव नपर्ने दाबी गरेका छन् ।
  • चौथो विमस्टेक सम्मेलनका लागि दुई सातापछि नेपाल अाउन लागेका मोदीले भारतीय अंग्रेजी दैनिक द टाइम्स् अफ इण्डियालाई दिएको अनलाइन अन्तर्वार्तामा नेपाल भारतबीचको हजारौं वर्षदेखिको ऐतिहासिक, घनिष्ट, मित्रवत् र पारिवारिक सम्बन्धमा प्रभाव नपर्ने बताएका हुन ।

नयाँदिल्ली, २७ साउन। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले चीनको बढ्दो प्रभावले नेपाल र भारतका जनताबीचको सम्बन्धमा कुनै प्रभाव नपर्ने दाबी गरेका छन् । चौथो विमस्टेक सम्मेलनका लागि दुई सातापछि नेपाल अाउन लागेका मोदीले भारतीय अंग्रेजी दैनिक द टाइम्स् अफ इण्डियालाई दिएको अनलाइन अन्तर्वार्तामा नेपाल भारतबीचको हजारौं वर्षदेखिको ऐतिहासिक, घनिष्ट, मित्रवत् र पारिवारिक सम्बन्धमा प्रभाव नपर्ने बताएका हुन ।

नेपाललगायत भारतका छिमेकी मुलुकमा चीनको बढ्दो उपस्थितिका बारेमा धारणा राख्दै अन्तर्वार्तामा उनले भनेका छन्, ‘नेपालसँगको सम्बन्ध भगवान राम, माता सीता र बुद्धको जमानाको हो ।’ पछिल्लो समय सुरक्षा, व्यापार, लगानी र विकासलगायत क्षेत्रमा गरिएको बलियो साझेदारीले त्यो सम्बन्धलाई थप सुदृढ बनाएको मोदीले दाबी गरेका छन् । ‘त्यसैले त आज दुई देशबीचको सम्बन्ध थप फराकिलो र गहिरो हुनुका साथै विश्वासिलो र परिपक्व पनि छ,’ प्रम मोदीको टिप्पणी छ ।

पछिल्लो समय नेपाललगायतका अन्य छिमेकी मुलुकको चीनसँग विकसित सम्बन्धप्रति संकेत गर्दै मोदीले ‘चीन र अन्य मुलुकले हाम्रा छिमेकीलगायतका मुलुकसँग आफ्नो सम्बन्ध विकास गर्नु सामान्य रहेको’ बताएका छन् । विमस्टेक सम्मेलनमा सहभागी भएसँगै पाँचवर्षे कार्यकालमा उनको चौथो नेपाल भ्रमण हुनेछ । मोदीभन्दा पहिले यसअघिका कुनै पनि भारतीय प्रधानमन्त्रीले यतिधेरै पटक नेपालको भ्रमण गरेका थिएनन् । सन् २०१४ मा प्रधानमन्त्री भएलगत्तै उनले नेपालको पहिलो औपचारिक भ्रमण गरेका थिए ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

आज क्रिकेटर सन्दीप लामिछानेविरुद्धको मुद्दामा सुनुवाइ हुँदै
आज क्रिकेटर सन्दीप लामिछानेविरुद्धको मुद्दामा सुनुवाइ हुँदै
सुन्दरीजलका तामाङ लिखु खोलामा मृत भेटिए
सुन्दरीजलका तामाङ लिखु खोलामा मृत भेटिए
नेपाल र भट्टराईमाथि अनुसन्धान नगर्न सरकारकै दबाब
नेपाल र भट्टराईमाथि अनुसन्धान नगर्न सरकारकै दबाब
नेकपा एमालेबाट २४ जिल्लामा उम्मेदवारी टुङ्गो ! हेर्नुहोस को को परे नाम लिस्ट सहित !
नेकपा एमालेबाट २४ जिल्लामा उम्मेदवारी टुङ्गो ! हेर्नुहोस को को परे नाम लिस्ट सहित !
कोरोना संक्रमणबाट थप तीनको मृत्यु, नेपालमा कुल मृतक संख्या १०७
मकवानपुर प्रहरी सर्वसाधारणको मोबाइल फिर्ता गर्दै
मकवानपुर प्रहरी सर्वसाधारणको मोबाइल फिर्ता गर्दै
केही नेपाल ऐनलाई संशोधन गर्ने विधेयक प्रतिनिधिसभामा टेबुल
केही नेपाल ऐनलाई संशोधन गर्ने विधेयक प्रतिनिधिसभामा टेबुल
मेलिना राई तथा यम बराल को ‘तिमि नै तिमि’ को म्युजिक भिडियो सार्बजनिक
मेलिना राई तथा यम बराल को ‘तिमि नै तिमि’ को म्युजिक भिडियो सार्बजनिक
आजदेखि त्रिभुवन विमानस्थल दैनिक २१ घण्टा संचालन, यस्तो छ तयारी
आजदेखि त्रिभुवन विमानस्थल दैनिक २१ घण्टा संचालन, यस्तो छ तयारी
चितवनमा दादुरा र ठेउलाको समस्या
चितवनमा दादुरा र ठेउलाको समस्या

तपाईंले छुटाउनुभयो कि?