बलात्कारीलाई १२ वर्ष जेल र ५० हजार जरिवाना ठहर
सारांश
- उदयपुर ।
- उदयपुरको जिल्ला अदालतले एक युवकलाई बलात्कारी ठहर गर्दै १२ वर्ष जेल सजाय तोकेको छ ।
- जिल्ला अदालतले पाँच वर्षीया बालिका बलात्कार गरेको ठहर गर्दै एक युवकलाई १२ वर्ष जेल सजाय तोकेको छ ।
उदयपुर । उदयपुरको जिल्ला अदालतले एक युवकलाई बलात्कारी ठहर गर्दै १२ वर्ष जेल सजाय तोकेको छ । जिल्ला अदालतले पाँच वर्षीया बालिका बलात्कार गरेको ठहर गर्दै एक युवकलाई १२ वर्ष जेल सजाय तोकेको छ ।
जिल्ला न्यायाधीश तीर्थराज केसीको एकल इजलासले मंगलबार त्रियुगा नगरपालिका– ३ मोतीगडाका १९ वर्षीय हेमबहादुर कार्कीलाई १२ वर्ष कैदसँगै ५० हजार जरिवाना फैसला गरेको हो ।
बालिकाका अभिभावकले अभियुक्त कार्कीविरुद्ध २०७४ भदौ १९ गते जिल्ला प्रहरी कार्यालयमा किटानी जाहेरी दिएका थिए ।
किटानी जाहेरीपछि कार्कीलाई प्रहरीले पक्राउ गरेको थियो । यस्तै जिल्ला अदालतले सोमबार बालिका बलात्कारको अभियोगमा ६२ वर्षीय सुढीलाल चौधरीलाई सात वर्ष जेल सजायका ३० हजार रुपैयाँ जरिवाना फैसलासमेत गरेको छ ।
कुल कमेन्ट:
0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया