काठमाडौंको मैतीदेवीमा बस दुर्घटना हुँदा १७ जना घाइते, चारको अवस्था गम्भीर ।

Shikharkhabar Shikharkhabar
|
मंगलबार, पौष ११, २०७४
|
|
१९ पटक हेरिएको
Shares
काठमाडौंको मैतीदेवीमा बस दुर्घटना हुँदा १७ जना घाइते, चारको अवस्था गम्भीर ।

सारांश

  • ११ पुस, काठमाण्डौ ।
  • मैतीदेवीस्थित पेट्रोल पम्पनजिकै विद्युतको पोलमा ठोक्किएर बस पल्टिंदा घाइते भएका १७ मध्ये चार जनाको अवस्था गम्भीर छ ।
  • सिटी यातायातको बा २ ख ८७३३ नम्बरको बस अनियन्त्रित भई पोलमा ठोक्किएको ट्राफिक प्रहरीले जनाएको छ ।

११ पुस, काठमाण्डौ । मैतीदेवीस्थित पेट्रोल पम्पनजिकै विद्युतको पोलमा ठोक्किएर बस पल्टिंदा घाइते भएका १७ मध्ये चार जनाको अवस्था गम्भीर छ ।

सिटी यातायातको बा २ ख ८७३३ नम्बरको बस अनियन्त्रित भई पोलमा ठोक्किएको ट्राफिक प्रहरीले जनाएको छ । दुर्घटनामा परी नारायणप्रसाद दाहाल, सावित्री थापा, कमला महत, हरिशरण फुँयाल, यज्ञराज खतिवडा, मनोज पौडेल, तेजकुमारी चालिसे लगायत घाइते भएका छन् ।

घाइतेहरुको वीर र नर्भिक अस्पतालमा उपचार भइरहेको छ । घाइतेहरु सबै तरकारी व्यवसायी हुन् ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?