जाजरकोट भूकम्प असर : त्रिपालमुनि एक हजार ७६ सुत्केरी

Shikharkhabar Shikharkhabar
|
मंगलबार, मंसिर १२, २०८०
|
|
४२ पटक हेरिएको
Shares
जाजरकोट भूकम्प असर : त्रिपालमुनि एक हजार ७६ सुत्केरी

सारांश

  • जाजरकोट।
  • गत कात्तिक १७ गते राति यहाँको रामीडाँडा केन्द्रविन्दु बनाएर ६ दशमलव ४ म्याग्निच्युटको भूकम्पबाट घरमा क्षति भएपछि सबैभन्दा बढी सुत्केरी, ज्येष्ठ नागरिक तथा बालबालिका समस्यामा परेका छन्।
  • त्रिपालका सहारामा बस्नुपर्दा चिसोका कारण उनीहरूलाई विभिन्न खालका स्वास्थ्य समस्या देखापरेको छ।

जाजरकोट। गत कात्तिक १७ गते राति यहाँको रामीडाँडा केन्द्रविन्दु बनाएर ६ दशमलव ४ म्याग्निच्युटको भूकम्पबाट घरमा क्षति भएपछि सबैभन्दा बढी सुत्केरी, ज्येष्ठ नागरिक तथा बालबालिका समस्यामा परेका छन्।

त्रिपालका सहारामा बस्नुपर्दा चिसोका कारण उनीहरूलाई विभिन्न खालका स्वास्थ्य समस्या देखापरेको छ। भूकम्पपीडितको चिसोका कारण ज्यानसमेत गएको छ। भूकम्पबाट घरबासविहीन भएका सर्वसाधारण मौसम अनूकुल नहुँदा बिरामी पर्ने गरेको पाइएको छ।

अहिले यहाँका स्वास्थ्य संस्थामा उपचारका लागि आउने बिरामीको भीड नै लागेको छ। जिल्लास्वास्थ्य सेवा कार्यालयले उपलब्ध गराएको तथ्यांकानुसार भेरी नगरपालिकामा ४९ हजार ७२ जनसङ्ख्या प्रभावित भएका थिए।

बयालीस जनाको मृत्यु भएको थियो भने पाँच सय ५५ जना घाइते भएका थिए। पाँच वर्षमुनिका चार हजार एक सय १५ बालबालिका भूकम्पबाट प्रभावित भएका थिए भने छ सय ७४ गर्भवती, दुई सय ८२ सुत्केरी, दुई हजार आठ सय ३६ ज्येष्ठ नागरिक, एक हजार ६५ दीर्घरोगी र चार सय आठ अपांगता भएका व्यक्तिसहित नौ हजार तीन सय ८० जनसङ्ख्या भूकम्पको प्रभावबाट जोखिममा छन्।

स्वास्थ्य संस्था आठवटा पूर्णरूपमा र आठवटा आंशिकरूपमा भत्किएको पाइएको छ।

कुशे गाउँपालिकामा २५ हजार आठ सय १५ जनसङ्ख्या प्रभावित भएका थिए। सातजनाको मृत्यु भएको थियो भने २३ जना घाइते भएका थिए।

पाँच वर्षमुनिका दुई हजार नौ सय ४५ बालबालिका भूकम्पबाट प्रभावित भएका थिए भने पाँच सय १५ जना गर्भवती, दुई सय ३० सुत्केरी, नौ सय २० ज्येष्ठ नागरिक, दुई सय ७७ दीर्घरोगी र ८८ अपांगता भएका व्यक्तिसहित चार हजार नौ सय ७५ जना भूकम्प प्रभावित जोखिममा रहेका छन्। पाँचवटा स्वास्थ्य संस्था पूर्णरूपमा र १३ वटा आंशिकरूपमा भत्किएको पाइएको छ।

जिल्ला प्रशासन कार्यालय जाजरकोटका प्रशासकीय अधिकृत हरिशचन्द्र शर्माका अनुसार छेडागाड नगरपालिकामा एक हजार तीन सय ५२ जनसङ्ख्या प्रभावित भएका थिए। एकजनाको मृत्यु भएको थियो भने पाँचजना घाइते भएका थिए।

पाँच वर्षमुनिका तीन सय ७२ बालबालिका भूकम्पबाट प्रभावित भएका थिए भने ८६ गर्भवती, ६६ सुत्केरी, दुई सय चार ज्येष्ठ नागरिक, १५ दीर्घरोगी र नौ अपांगता भएकासहित सात सय ४३ जनसङ्ख्या भूकम्पको प्रभावबाट जोखिममा रहेका छन्। आठवटा स्वास्थ्य संस्था आंशिकरूपमा भत्किएको पाइएको छ।

नलगाड नगरपालिकामा २९ हजार दुई सय नौ जनसङ्ख्या प्रभावित भएका थिए। बाउन्न जनाको मृत्यु भएको थियो भने ८६ घाइते भएका थिए।

पाँच वर्षमुनिका तीन हजार ३३ बालबालिका भूकम्पबाट प्रभावित भएका थिए भने तीन सय ३१ गर्भवती, तीन सय ७४ सुत्केरी, एक हजार चार सय ८३ ज्येष्ठ नागरिक, दुई सय ३४ दीर्घरोगी र दुई सय ५० अपांगता भएका व्यक्तिसहित तीन हजार हजार नौ सय ४४ जना भूकम्पको प्रभावबाट जोखिममा छन्।

एक स्वास्थ्य संस्था पूर्णरूपमा र पाँचवटा आंशिकरूपमा भत्किएको पाइएको छ।

बारेकोट गाउँपालिकामा १९ हजार छ सय ७६ जनसङ्ख्या प्रभावित भएका थिए भने दशजना घाइते भएका थिए। पाँच वर्षमुनिका एक हजार चार सय ९९ बालबालिका भूकम्पबाट प्रभावित भएका थिए भने एक सय ८१ गर्भवती, ७५ सुत्केरी, चार सय ३९ ज्येष्ठ नागरिक, दुई सय २३ दीर्घरोगी र ४५ अपांगतासहित दुई हजार चार सय १७ जनसङ्ख्या भूकम्पको प्रभावबाट जोखिममा छन्।

पूर्णरूपमा एक र आंशिकरूपमा चार स्वास्थ्य संस्था भत्किएका छन्। भूकम्पबाट शिवालय गाउँपालिका ११ हजार आठ सय ४३ जनसङ्ख्या प्रभावित भएका थिए। दुई जना घाइते भएका थिए।

पाँच वर्षमुनिका चार सय ६२ बालबालिका भूकम्पबाट प्रभावित भएका थिए भने ४९ गर्भवती, दुई सुत्केरी, ५१ ज्येष्ठ नागरिक, दीर्घरोगी र अपांगतासहित चार सय ४६ जनसङ्ख्या भूकम्पको प्रभावबाट जोखिममा रहेका छन्। दुईवटा स्वास्थ्य संस्था आंशिकरूपमा भत्किएको पाइएको छ।

भूकम्पबाट जुनिचाँदे गाउँपालिकामा एक हजार नौ सय ५० जनसङ्ख्या प्रभावित भएका थिए । पाँच वर्षमुनिका ७८ बालबालिका भूकम्पबाट प्रभावित भएका थिए भने ४७ जना गर्भवती, ४७ सुत्केरी, ९३ ज्येष्ठ नागरिक, १८ दीर्घरोगी र २२ अपांगतासहित दुई सय ८३ जनसङ्ख्या भूकम्पको प्रभावबाट जोखिममा रहेका छन्। पन्ध्रवटा स्वास्थ्य संस्था आंशिकरूपमा भत्किएको छ।

भूकम्पबाट एक लाख २८ हजार नौ सय १७ जना प्रभावित भएको पाइएको छ। भूकम्पपछि प्रभावित जोखिम जनसङ्ख्या २२ हजार दुई सय छ रहेको छ।

पाँच वर्षमुनिका १२ हजार चार सय चार बालबालिका प्रभावित भएका छन् भने एक हजार आठ सय ८३ गर्भवती त्रिपालमा बस्न बाध्य छन्। त्यसैगरी एक हजार ७६ जना सुत्केरी त्रिपालको सहारामा खुला आकाशमा बस्न बाध्य छन्।

एक हजार आठ सय ३२ दीर्घरोगी, आठ सय ५० जना अपांगता भएका व्यक्ति पनि समस्यमा छन्। पूर्णरूपमा १५ वटा स्वास्थ्य संस्थामा क्षति पुगेको छ भने आंशिक ५५ वटामा क्षति भएको छ।

विवरण अझै संकलन हुँदै

मङ्सिर ७ गतेभित्र पालिकाले क्षतिको विवरण जिल्ला विपद् व्यवस्थापन समितिलाई पठाउन अनुरोध गरे पनि अझै विवरण आउन सकेको छैन। पालिकाले भने मङ्सिर १० गतेसम्म विवरण पठाउन समय माग गरेका थिए।

छरिएर रहेका घर, एक ठाउँबाट अर्को ठाउँमा पुग्न धेरै समय लाग्ने भएकाले तथ्याङ्क सङ्कलन गर्न समय लागेको पालिकाका प्रमुखले बताएका छन्।

पटक-पटक बदलिने कार्यविधिका कारण पनि तथ्यांक संकलनमा विलम्ब भएको स्थानीय तहले बताएका छन्। अबको दुई दिनभित्र सबै विवरण आउने सम्भावना रहेको जिल्ला प्रशासन कार्यालय जाजरकोटका प्रशासकीय अधिकृत शर्माले बताए।

 

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

BMC sends notice to Priyanka Chopra for illegal construction!
BMC sends notice to Priyanka Chopra for illegal construction!
नेपालमा दर्ता नहुने सामाजिक सञ्जालको प्रयोग बन्द गरिने
नेपालमा दर्ता नहुने सामाजिक सञ्जालको प्रयोग बन्द गरिने
PSC submits its 59th annual report to President Bhandari
PSC submits its 59th annual report to President Bhandari
काठमाण्डौ आइरहेको विमान दुर्घटना हुनबाट केही सेकेण्डले मात्र जोगियो
काठमाण्डौ आइरहेको विमान दुर्घटना हुनबाट केही सेकेण्डले मात्र जोगियो
विप्लवका दुई कार्यकर्ता पक्राउ
विप्लवका दुई कार्यकर्ता पक्राउ
कांग्रेस अध्यक्ष देउवाको फेरिएको बयान, भन्छन् कांग्रेस अनुसन्धानको विपक्षमा उभिदैन
कांग्रेस अध्यक्ष देउवाको फेरिएको बयान, भन्छन् कांग्रेस अनुसन्धानको विपक्षमा उभिदैन
आजदेखि टुँडिखेल आसपासमा बस, माइक्रो रोक्न नपाइने, ‘पिक एण्ड ड्रप’ मात्रै
आजदेखि टुँडिखेल आसपासमा बस, माइक्रो रोक्न नपाइने, ‘पिक एण्ड ड्रप’ मात्रै
गाँजा बेचेर नेपाल धनी हुन्छ, त्यसैले यसलाई वैद्य गर्नुपर्छ केशब स्थापित (भिडिओसहित)
गाँजा बेचेर नेपाल धनी हुन्छ, त्यसैले यसलाई वैद्य गर्नुपर्छ केशब स्थापित (भिडिओसहित)
स्कारपियो दुर्घटनामा एकको मृत्यु, पाँच घाइते
स्कारपियो दुर्घटनामा एकको मृत्यु, पाँच घाइते
ओलीलाई अधिकारसम्पन्न ठाउँमा पुर्याउने गल्ती गर्यौंः पूर्व प्रधानमन्त्री खनाल
ओलीलाई अधिकारसम्पन्न ठाउँमा पुर्याउने गल्ती गर्यौंः पूर्व प्रधानमन्त्री खनाल

तपाईंले छुटाउनुभयो कि?