कार ठक्करबाट गम्भीर दुवैको स्वास्थ्य अवस्था खतरामुक्त

Shikharkhabar Shikharkhabar
|
शुक्रबार, मंसिर १४, २०७५
|
|
१६ पटक हेरिएको
Shares
कार ठक्करबाट गम्भीर दुवैको स्वास्थ्य अवस्था खतरामुक्त

सारांश

  • काठमाडौँ, १४ मङ्सिर , सुन्धारास्थित नेपाल वायुसेवा निगम भवनको पार्किङबाट बाहिर निकाल्ने क्रममा अनियन्त्रित कारको ठक्करबाट गम्भीर घाइते भएका एक विदेशीसहित दुईजनाको स्वाथ्य अवस्था खतरामुक्त रहेको छ ।
  • बा १८ च ४८७३ नं को कारका चालक भेषबहादुर पौडेलले विहीबार दिउँसो ३.
  • १५ बजे उक्त भवनको पार्किङस्थलबाट निकाल्ने क्रममा गाडी अनियन्त्रित भई ठक्कर दिँदा सडक पेटीमा बस कुरिरहेका १३ सार्वसाधारण घाइते भएका थिए ।

काठमाडौँ, १४ मङ्सिर , सुन्धारास्थित नेपाल वायुसेवा निगम भवनको पार्किङबाट बाहिर निकाल्ने क्रममा अनियन्त्रित कारको ठक्करबाट गम्भीर घाइते भएका एक विदेशीसहित दुईजनाको स्वाथ्य अवस्था खतरामुक्त रहेको छ ।

बा १८ च ४८७३ नं को कारका चालक भेषबहादुर पौडेलले विहीबार दिउँसो ३.१५ बजे उक्त भवनको पार्किङस्थलबाट निकाल्ने क्रममा गाडी अनियन्त्रित भई ठक्कर दिँदा सडक पेटीमा बस कुरिरहेका १३ सार्वसाधारण घाइते भएका थिए । घाइतेमध्ये ११ जना सामान्य उपचारपछि घर फर्केका थिए ।

गम्भीर घाइते भएकी फिलिपिन्सकी नागरिक कोसिआको थापाथलीस्थित नर्भिक अन्तर्राष्ट्रिय अस्पताल र गङ्गामाया राईको राष्ट्रिय ट्रमा सेन्टरमा उपचार भइरहेको महानगरीय प्रहरी वृत्त जनसेवाका प्रमुख टेकुनन्द इवा लिम्बूले जानकारी दिनुभयो ।

गम्भीर घाइते भएकी राईको ब्यूटी बोन भाँचिएको छ, भने कोसियाको कम्मरको हड्डी फुटेको सम्बन्धित अस्पताल स्रोतले जनाएको छ । उक्त कार भीडभाडमा रहेका सर्वसाधारणलाई लतार्दै नजिकै रहेको बसमा ठोकिन पुगेको थियो ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?