वृद्धवृद्धा हुँदा कस्तो देखिन्छन् दीपिका पादुकोण र रणवीर सिंह ?
सारांश
- बलिउड एक्ट्रेस दिपिका पादुकोण र रणवीरु सिंहको एउटा फोटो ईन्टरनेटमा निकै भाइरल भैरहेको छ ।
- यो फोटोमा दुबैजना अहिलेको आफ्नो वास्तविक स्वरुपमा नभई बुढाबुढी देखिन्छन् ।
- खासमा यस्तो फोटो कुनै फिल्मको होइन ।
बलिउड एक्ट्रेस दिपिका पादुकोण र रणवीरु सिंहको एउटा फोटो ईन्टरनेटमा निकै भाइरल भैरहेको छ । यो फोटोमा दुबैजना अहिलेको आफ्नो वास्तविक स्वरुपमा नभई बुढाबुढी देखिन्छन् । खासमा यस्तो फोटो कुनै फिल्मको होइन । यो त उनीहरुक प्रशंसकहरुले बनाइदिएका हुन् । दीपिका र रणवीर ८० वर्षको उमेरमा कस्तो देखिएलान् भन्ने परिकल्पना गरेर प्रशंसकहरुले उक्त फोटो बनाएका थिए ।वल्ड फिल्टर प्रयोग गरेर बनाइएको फोटोमा दीविका र रणवीरको अनुहार चाउरी परेको छ । कपाल पनि पुरै सेतो भएको देखिन्छ । तर फोटोमा बृद्धबृद्धा देखिए पनि दुवै स्मार्ट देखिएका छन् । सेतो दारीमा रणवीरलाई सारै राम्रो देखिएको प्रतिक्रिया प्रशंसकहरुले दिएका छन् । तर दीपिकालाई भने अलि नक्कली देखिएको प्रतिक्रिया आएको छ ।

दीपिका र रणवीर विहे पछि पहिलोपटक ’८३’ मार्फत् दर्शकमाझ आउने भएका छन् । कबिर खानको निर्देशनमा बन्दै यो फिल्म १९८३ मा भएको वल्र्ड कपमा भारतको जीतको घटनामा आधारित छ । यो फिल्ममा दीपिका लिजेण्ड क्रिकेटर कपिलदेवको श्रीमतीको भूमिकामा छिन् । यो फिल्म १० अप्रिल २०२० मा प्रदर्शन हुँदैछ । त्यस्तै दीपिका पादुकोण निर्देशक मेघना गुलजारको ‘छपाक’ मा देखिने भएकी छिन् । यो फिल्म एसिड आक्रमणमा परेर बाँचेकी युवतीको जीवनीमा आधारित छ । फिल्ममा दीपिका बाहेक बिक्रान्त मेसी मुख्य भूमिकामा छन् । फिल्मको सम्पुर्ण छायांकन सकिएको छ ।’ छपाक’ १० जनवरी २०२० मा प्रदर्शन हुनेछ ।
शिल्पाले छबिसँग मागिन् डिभोर्स
छवि शिल्पा सम्बन्ध चिसिएको केही दिनपछी शिल्पा एक अन्तरबार्तामा देखिईन । त्यस अन्तरबार्तामा शिल्पा लगभग अन्तरबार्ता भरिनै रोईन । उनले आफ्नो पीडा सबै पोखिन । उनी बारम्बार अन्तरबार्ता भरी नै म कति पीडामा छु त्यो मलाई मात्र थाहा छ भन्दै थिइन् । उनका अनुसार धेरै समय देखि उनले यस्तो पीडा भोगेकी थिईन । यस झगडामा कुनको कानको जाली फुट्ने गरि हानेको आरोप छवि माथी छ ।
छवि भने यो कुरालाई स्विकार्दैनन तर शिल्पालाई डाक्टरले केही दिन स्पिकर बजेको स्थान नजिक नबस्न सुझाव दिएका छन । उनले अन्र्तवार्तामै आफुले डिर्भोस दिएको समेत खुलाएकी छन् । निर्माता ओझाको छवी पछिल्लो समय धुमलिएको छ । उनको छवि फिल्मसँग सम्बन्धित विषयले भन्दा पनि घरेलु समस्याका कारण धुमिलिएको हो ।
यसअघि पनि पटक पटक वैवाहिक जीवनमा धोका बेहोर्दै आएका निर्माता ओझाको चौथो विहे पनि यतिवेला संकटमा परेको छ । यही विषयलाई लिएर छवीले प्रहरीमा गएर शील्पासँग मिलापत्रको कागज समेत गरिसकेका छन् । यद्यपि, मिलापत्र भए पनि छवी र शील्पा यतिवेला सँगै थिएनन् । उनीहरु अलग अलग बस्दै आएका थिए । ।
यस बिषयमा शिल्पाको अन्तरबार्ता आएको केही समय पछाडि नै छबिले आफ्नो फेसबुक मार्फत शिल्पालाई सम्बोधन गर्दै एउटा लामो सन्देश र स्टाटस लेखेका छन ।फिल्मी नगरीमा केही दिन यता अभिनेत्री शिल्पा र निर्माता छबिराज ओझा बीचको विवाद चर्चाको विषय बनिरहेको छ । छबिले फेसबुकमा लेखेको स्टाटस यस्तो छ ।
शिल्पा जि, मैले ५२ बर्षको उमेरमा ३ जना श्रीमती सङ सम्बन्ध बिच्छेद भईसकेपछि तपाईं सङ चाहिँ जिन्दगि बिताउन सक्छु होला भनेर जिन्दगिका सब थोक कम्प्रमाइज गरेर माया गरेर बिहे गरेको श्रीमती हो तपाईं । छातिमा हात राखेर आज एक्छिनलाई आफैलाई नढाटी सम्झनुस तपाइले लगाएका कति आरोपहरु सत्य छन रु
यदि तपाईं पनि आफुलाइ सच्याएर अझै मेरो श्रीमती, तपाइले बिहे गर्ने बेलामा आस्वासन दिलाए जस्तै मेरो बुढेसकालको सहारा बनेर बस्न सक्नुहुन्छ भने, म पनि मेरा कमि कमजोरीहरु सच्याएर गान्धीबादी भएर बस्न सक्छु । अरुको कुरा नसुन्नुस, आउनुस हाम्रो घरको ढोका सधै तपाईंको लागि खुल्ला छ । हैन र यदि तपाइ साच्चै म सङ बस्न सक्नु हुन्न भने पनि एक पटक म सङै आएर टेबलमा कुरा गर्नुस ।
मेरो ईतिहास पल्टाएर हेर्नुस आज सम्म मैले कुनै पनि श्रीमतिलाई अन्यायमा पारेको छैन । तपाइलाइ पनि पार्दिन । मैले बिगत ३ दिन देखि तपाइलाइ सम्पर्क गरेर भेट्न खोज्दा पनि तपाइलाई अब मेरो वकिलले भेट्छ भन्नू भयो । म फेरि पनि भन्दैछु, सन्सारको कुनै पनि अदालतमा जानू पर्दैन । छबी ओझाको अदालतमा सिधै आउनुस । तपाइले न्याय पाउनु हुन्छ ।
प्रतिक्रिया