बाघको आक्रमणबाट महिलाको मृत्यु

Shikharkhabar Shikharkhabar
|
शुक्रबार, चैत्र १०, २०७९
|
|
२० पटक हेरिएको
Shares
बाघको आक्रमणबाट महिलाको मृत्यु

सारांश

  • महेन्द्रनगर ।
  • कञ्चनपुरको पुनर्वास नगरपालिका–१० भीमबस्तीका ३२ वर्षीया कलशा सार्कीको बाघको आक्रमणबाट शुक्रबार मृत्यु भएको छ ।
  • भारतीय दुधुवा नेशनल पार्कमा घाँस काट्न गएका बेला बाघको आक्रमणमा परी कलशाको घटनास्थलमै मृत्यु भएको इलाका प्रहरी कार्यालय त्रिभुवनबस्तीका प्रमुख प्रहरी निरीक्षक नरेशराज मल्लले जानकारी दिए ।

महेन्द्रनगर । कञ्चनपुरको पुनर्वास नगरपालिका–१० भीमबस्तीका ३२ वर्षीया कलशा सार्कीको बाघको आक्रमणबाट शुक्रबार मृत्यु भएको छ ।

भारतीय दुधुवा नेशनल पार्कमा घाँस काट्न गएका बेला बाघको आक्रमणमा परी कलशाको घटनास्थलमै मृत्यु भएको इलाका प्रहरी कार्यालय त्रिभुवनबस्तीका प्रमुख प्रहरी निरीक्षक नरेशराज मल्लले जानकारी दिए ।

“पारि एसएसबीको नंं ८ क्याम्पबाट करिब डेढ किलोमिटरभित्र जङ्गलमा यहाँबाट सात–आठ जना महिला घाँस काट्न गएका रहेछन्”, उनले भन, “सोही क्रममा कलशालाई बाघले आक्रमण गरेको हो ।”

प्रहरीका अनुसार अन्य महिलाहरु सकुशल छन् । प्रहरीले मुचुल्कालगायतको प्रक्रिया सकेपछि शव नेपाल प्रहरीलाई बुझाउने प्रमुख प्रहरी निरीक्षक मल्लले बताए । “शव आजै बेलौरी प्राथमिक स्वास्थ्य केन्द्रमा लगेर परीक्षण गर्ने तयारी छ”, उनले भने, “मतृकको घाँटी र टाउको चोट देखिएको छ ।”

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?