संसारले नै नेपालबाट सिक्नेखालको समाजवाद ल्याउने वामदेव उद्घोष

Shikharkhabar Shikharkhabar
|
आइतबार, माघ २१, २०७४
|
|
२४ पटक हेरिएको
Shares
संसारले नै नेपालबाट सिक्नेखालको समाजवाद ल्याउने वामदेव उद्घोष

सारांश

  • काठमाडौँ, २१ माघ ।
  • नेकपा एमालेका उपाध्यक्ष वामदेव गौतमले संसारले नै नेपालबाट सिक्ने खालको समाजवाद ल्याउने उद्घोष गरेका छन् ।
  • प्रेस चौतारी नेपालको २० स्थापना दिवसको अवसरमा राजधानीमा आयोजित कार्यक्रममा प्रमुख अतिथिको आसनबाट बोल्दै उपाध्यक्ष गौतमले नेपालमा वाम गठबन्धनले नयाँ किसिमको समाजवाद ल्याउने बताएका हुन् ।

काठमाडौँ, २१ माघ । नेकपा एमालेका उपाध्यक्ष वामदेव गौतमले संसारले नै नेपालबाट सिक्ने खालको समाजवाद ल्याउने उद्घोष गरेका छन् । प्रेस चौतारी नेपालको २० स्थापना दिवसको अवसरमा राजधानीमा आयोजित कार्यक्रममा प्रमुख अतिथिको आसनबाट बोल्दै उपाध्यक्ष गौतमले नेपालमा वाम गठबन्धनले नयाँ किसिमको समाजवाद ल्याउने बताएका हुन् ।

उपाध्यक्ष गौतमले कार्ल माक्र्स र लेनिनले भनेजस्तो समाजवाद ल्याइने बताउँदै तर माक्र्स र लेनिनले भनेको बाटोका आधारमा नभई फरक प्रक्रियावाट समाजवाद ल्याउने उल्लेख गरे । उनले आफूहरुले निर्माण गर्ने समाजवाद कसैले होच्याउने किसिमको समेत नहुने धारणा राखे ।

नेता गौतमले पार्टी एकता गर्ने जिम्मेवारी नेकपा (माओवादी केन्द्र) भन्दा एमालेको बढी भएको समेत बताए । ठूलो पार्टीको हैसियतले पार्टी एकता गर्ने जिम्मेवारी एमालेको बढी भएको उनको तर्क थियो । उनले थपे, “पार्टी एकता गर्दा धेरै दिनुपर्ने भए पनि एमाले तयार हुनुपर्दछ ।” उनले पार्टी एकता गर्दा दुई पार्टी एकअर्कामा विलय नभएर गाभिएको नयाँ शक्तिशाली पार्टी बन्ने धारणा राखे ।

दुई पार्टीबीच एकता नभए मुलुकमा ठूलो दुर्घटना हुने बताउँदै गौतमले दुई पार्टी मिल्न नसकेमा ठूलो मूल्य चुकाउनु पर्ने तर्क राखे । पूर्वउपप्रधान तथा गृहमन्त्रीसमेत रहेका गौतमले संविधानको गलत व्याख्या गरेर वाम गठबन्धनको सरकार गठनमा ढिलाई भएको उल्लेख गर्दै संविधानको गलत व्याख्या गरेर राष्ट्रियसभाको निर्वाचन नभई सरकार बनाउन नदिएकोमा आपत्ति प्रकट गरे ।

उक्त कार्यक्रममा एमालेका सचिव योगेश भट्टराईले अबको राजनीति एमाले र माओवादीको निर्णयबाट प्रभावित हुने बताए । उनले कसैको मनोगत इच्छाले पार्टी एकता नरोकिने भन्दै वामशक्तिको बलियो धु्रवीकरण बन्ने उल्लेख गरे । एमाले प्रचार विभाग प्रमुखसमेत रहेका सचिव भट्टराईले वाम गठबन्धनको सरकारले अहिलेको भन्दा १० गुणा बढी प्रेस स्वतन्त्रताको प्रत्याभूति गराउने प्रतिवद्धता व्यक्त गरे ।

माओवादी केन्द्रका प्रवक्ता पम्फा भुसालले वाम गठबन्धनले राजनीतिक आन्दोलन पूरा गरेको भन्दै अब गठबन्धनकै नेतृत्वमा मुलुकमा आर्थिक विकास हुने बताए । भुसालले परिवर्तनको आन्दोलनमा प्रेसको भूमिका भएजस्तै अब मुलुकको आर्थिक र सामाजिक विकासमा पनि प्रेसको भूमिका हुनुपर्नेमा जोड दिइन् । उनले वाम गठबन्धनलाई जनताले अनुमोदन गरिसकेकाले त्यसको मूर्तरुप पार्टी एकता हुनुपर्ने धारणा राखिन् । एकता भत्काउन देशी, विदेशी शक्तिले षडयन्त्र गरिरहेको भन्दै एकतालाई भाड्न नदिई निष्कर्षमा पु¥याइने दाबी पनि गरिन् ।

कार्यक्रममा नेपाल पत्रकार महासंघका अध्यक्ष गोविन्द आचार्य, प्रेस काउन्सिल नेपालका कावा अध्यक्ष किशोर श्रेष्ठ, एमाले प्रचार विभाग उपप्रमुख सूर्य थापा, प्रेस चौतारीका पूर्वअध्यक्ष शम्भु श्रेष्ठ, प्रेस सेन्टर नेपालका वरिष्ठ उपाध्यक्ष ओम शर्मा, सञ्चारिका समूहका अध्यक्ष निर्मला शर्मा, आदिवासी जनजाति पत्रकार संघका अध्यक्ष डण्ड गुरुङलगायतले शुभकामना व्यक्त गरेका थिए । प्रेस चौतारीका अध्यक्ष गणेश बस्नेतको अध्यक्षतामा भएको कार्यक्रममा चौतारीका अध्यक्ष बस्नेतले आफ्नो आमा स्व. सावित्रीदेवीको नाममा पुरस्कार स्थापना पनि गरेका छन् ।

६ जना पत्रकार पुरस्कृत
प्रेस चौतारी नेपालको २० औँ स्थापना दिवसका अवसरमा विभिन्न पुरस्कार वितरण गरिएको छ । एमाले उपाध्यक्ष गौतमले ती पुरस्कार वितरण गरेका हुन् । “हृदयचन्द्रसिंह पत्रकारिता पुरस्कार” कृष्णमुरारी भण्डारी र “अग्निशिखा पत्रकारिता पुरस्कार” रघु मैनालीलाई प्रदान गरिएको छ । दुवैको राशि रु १५ हजार रहेको छ । त्यसैगरी “डेकेन्द्र थापा स्मृति पत्रकारिता पुरस्कार” धनकुटाका सिद्धराज राई र नेपालगञ्जका जनक नेपाललाई प्रदान गरिएको छ । यस्तै “वीरेन्द्रकुमार साह क्रियाशील पुरस्कार” दोलखाका मन्दिरा थापा र पर्साका भूषण यादवलाई प्रदान गरिएको छ । पुरस्कारको राशि रु पाँच हजार छ । पुरस्कृतलाई उपाध्यक्ष गौतमले प्रशंसापत्र र दोसल्ला ओढाएका थिए ।

उपन्यास “सहनशीला”को विमोचन
सोही अवसरमा प्रेस चौतारी नेपालका केन्द्रीय उपाध्यक्ष तथा नेपाल पत्रकार महासंघ दाङका सचिव सविन प्रियासनद्वारा लिखित उपन्यास “सहनशीला”को विमोचन पनि प्रमुख अतिथि गौतमले गरेका थिए ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

साकार हुँदै जित्नैपर्ने दबाब
साकार हुँदै जित्नैपर्ने दबाब
दुई चार जना मधेशी भनिने नेताहरुको घुर्कीलाई बहाना बताएर चुनाव सार्ने षड्यन्त्र भइरहेको छ । अध्यक्ष पहारी
दुई चार जना मधेशी भनिने नेताहरुको घुर्कीलाई बहाना बताएर चुनाव सार्ने षड्यन्त्र भइरहेको छ । अध्यक्ष पहारी
६ महिना पहिले महिलाको मृत्यु, पतिले सुनाए लुटपाट र हत्याको कहानी,अाखिर यस्ताे रहेछ कहानी
६ महिना पहिले महिलाको मृत्यु, पतिले सुनाए लुटपाट र हत्याको कहानी,अाखिर यस्ताे रहेछ कहानी
१० हजारका लागि एक युवकले गरे साथीको हत्या
१० हजारका लागि एक युवकले गरे साथीको हत्या
ट्याक्सी चालक राजकुमार लामाको मृत्यु रक्सीको कारण नभई हत्या नै: प्रहरी
ट्याक्सी चालक राजकुमार लामाको मृत्यु रक्सीको कारण नभई हत्या नै: प्रहरी
नेप्से परिसूचकमा दोहोरो अङ्कको वृद्धि
नेप्से परिसूचकमा दोहोरो अङ्कको वृद्धि
इजरायलमा मारिएका साहका परिवारलाई मधेस प्रदेश सरकारले राहतस्वरुप पाँच लाख दिने
इजरायलमा मारिएका साहका परिवारलाई मधेस प्रदेश सरकारले राहतस्वरुप पाँच लाख दिने
प्रमुख प्रतिपक्षसँग सहमति जुटाएर आयोग गठन गरिने
प्रमुख प्रतिपक्षसँग सहमति जुटाएर आयोग गठन गरिने
सुनकाण्डकाे माैका छाेप्दै राजधानिमा गुण्डाहरू सक्रिय
सुनकाण्डकाे माैका छाेप्दै राजधानिमा गुण्डाहरू सक्रिय
ओलीले भने ! चीनका राष्ट्रपति आउने भनेर प्रचण्डले ढाँटे..
ओलीले भने ! चीनका राष्ट्रपति आउने भनेर प्रचण्डले ढाँटे..

तपाईंले छुटाउनुभयो कि?