उपासना बनिन एजुकेसन एण्ड माइग्रेसन कर्नरकी ब्राण्ड एम्बेस्डर

Shikharkhabar Shikharkhabar
|
शनिबार, आश्विन २४, २०७७
|
|
४० पटक हेरिएको
Shares
उपासना बनिन एजुकेसन एण्ड माइग्रेसन कर्नरकी ब्राण्ड एम्बेस्डर

सारांश

  • लामो समयदेखी शिक्षा क्षेत्रमा सक्रिय एजुकेसन एण्ड माइग्रेसन कर्नरले अन्य बिधा वा क्षेत्रमा पनि आफ्नो उपस्थिति जनाउंदै आइरहेको छ ।
  • अष्ट्रेलिया लगायतका मुलुकहरूमा गएर उच्चशिक्षा प्राप्त गर्न चाहने नेपाली बिद्यार्थीहरूको मन जित्दै आइरहेको एजुकेसन एण्ड माइग्रेसन कर्नरका प्रमुख सुनिल उप्रेतीले अब नेपाली चलचित्र र गीत संगीत क्षेत्रमा पनि आफ्नो सस्थाले आबद्दता बढाउंदै लैजाने जानकारी दिए ।
  • यसै क्रममा यतिबेला यूबा पुस्तामांझ लोकप्रिय भइरहेकी अभिनेत्री उपासना सिंह ठकुरी अब एजुकेसन एण्ड माइग्रेसन कर्नरसंग जोडीने भएकी छिन ।

लामो समयदेखी शिक्षा क्षेत्रमा सक्रिय एजुकेसन एण्ड माइग्रेसन कर्नरले अन्य बिधा वा क्षेत्रमा पनि आफ्नो उपस्थिति जनाउंदै आइरहेको छ । अष्ट्रेलिया लगायतका मुलुकहरूमा गएर उच्चशिक्षा प्राप्त गर्न चाहने नेपाली बिद्यार्थीहरूको मन जित्दै आइरहेको एजुकेसन एण्ड माइग्रेसन कर्नरका प्रमुख सुनिल उप्रेतीले अब नेपाली चलचित्र र गीत संगीत क्षेत्रमा पनि आफ्नो सस्थाले आबद्दता बढाउंदै लैजाने जानकारी दिए ।

यसै क्रममा यतिबेला यूबा पुस्तामांझ लोकप्रिय भइरहेकी अभिनेत्री उपासना सिंह ठकुरी अब एजुकेसन एण्ड माइग्रेसन कर्नरसंग जोडीने भएकी छिन । यस सम्बन्धि सम्झौता पत्रमा उपासनाले सम्झौता गरेकी छिन् । एजुकेसन एण्ड माइग्रेसन कर्नरसंग उपासना ब्राण्ड एम्बेस्डरको रूपमा एक बर्षका लागि अनुबन्धित भएकी हुन ‘अष्ट्रेलियामा उच्चशिक्षा अध्यन गर्न चाहने नेपाली बिध्यार्थीहरूको मन जितेको सस्थासंग जोडीन पाएकोमा खुशी लागेको छ‘ उपासनाले भनिन् ।

चलचित्र क्याप्टेन र कबड्डी कबड्डी कबड्डी मार्फत नेपाली चलचित्र क्षेत्रमा राम्रै वाहवाही कमाएकी उपासना सिंह ठकुरीले एजुकेसन एण्ड माइग्रेसन कर्नरले आयोजना गरेका बिभिन्न कार्यक्रमहरूमा सहभागिता जनाउंने छिन ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?