बाटोभन्दा १२ गुणा बढी गाडी गुड्छन्, उपत्यकामा ११ लाख सवारी

Shikharkhabar Shikharkhabar
|
आइतबार, बैशाख ९, २०७५
|
|
२२ पटक हेरिएको
Shares
बाटोभन्दा १२ गुणा बढी गाडी गुड्छन्, उपत्यकामा ११ लाख सवारी

सारांश

  • २० वर्षअघि एक किलोमिटर सडकमा १८ गाडी गुड्थे, अहिले ४१ गुड्छन् – कर्णालीमा ८२२, बागमतीमा ११ लाख सवारीसाधन दर्ता देशभर कुल ३० लाख आठ हजार १०९ सवारीसाधनमध्ये बागमती अञ्चलमा मात्र ११ लाख नौ हजार ८१३ छन् ।
  • यो कुल संख्याको ३६ प्रतिशत हो ।
  • त्यस्तै, नारायणीमा ६ लाख ६४ हजार ७४८, लुम्बिनीमा तीन लाख ७८ हजार २१३, कोसीमा तीन लाख १९ हजार ४०६ छन् ।

२० वर्षअघि एक किलोमिटर सडकमा १८ गाडी गुड्थे, अहिले ४१ गुड्छन् –

कर्णालीमा ८२२, बागमतीमा ११ लाख सवारीसाधन दर्ता
देशभर कुल ३० लाख आठ हजार १०९ सवारीसाधनमध्ये बागमती अञ्चलमा मात्र ११ लाख नौ हजार ८१३ छन् । यो कुल संख्याको ३६ प्रतिशत हो । त्यस्तै, नारायणीमा ६ लाख ६४ हजार ७४८, लुम्बिनीमा तीन लाख ७८ हजार २१३, कोसीमा तीन लाख १९ हजार ४०६ छन् ।

सवारीसाधन दर्ताको हिसाबले कर्णाली सबैभन्दा पछाडि छ । कर्णालीमा अहिलेसम्म ८ सय २२ सवारीसाधन दर्ता भएका छन् । कर्णाली अञ्चलमा सबैभन्दा पछि आर्थिक वर्ष ०७२/७३ देखि मात्र सवारी दर्ता गर्न थालिएको हो ।

२८ वर्ष ३९ गुणाले वृद्धि
२८ वर्षअघि आर्थिक वर्ष ०४६÷४७ मा नेपालमा कुल सवारीसाधन ७६ हजार ३७८ मात्र थिए । अहिले ३० लाख आठ हजार १०९ छन् । यो अवधिमा २९ लाख ३१ हजार ७३१ सवारीसाधन थपिएका छन् । यो २८ वर्षअघिका सवारीसाधनको तुलनामा ३९ गुणा बढी हो ।

 ३० लाख सवारीसाधनमा २४ लाख मोटरसाइकल

देशभरका कुल ३० लाख आठ हजार १०९ सवारीसाधनमध्ये २३ लाख ७२ हजार ३१६ मोटरसाइकल छन् । यो कुल सवारीसाधनको ७८% हो । त्योभन्दा पनि चाखलाग्दो विषय त कुल मोटरसाइकलमध्ये ३७% बागमती अञ्चलमा मात्र छन् । यसको अर्थ आठ लाख ७६ हजार ५५१ वटा मोटरसाइकल बागमती अञ्चलमा मात्र दर्ता भएका छन् ।

एकैवर्ष साढे चार लाख सवारी थप
पछिल्ला केही वर्षदेखि सवारीसाधन आयातमा हुने वृद्धि आकासिँदै गएको छ । आर्थिक वर्ष ०७३/७४ मा मात्र चार लाख ४४ हजार २५९ सवारीसाधन दर्ता भएका छन् । यो अहिलेसम्मकै उच्च आयात तथा दर्ता हो । चालू आर्थिक वर्ष ०७४/७५ को पहिलो सात महिना (साउन–माघ)मा दुई लाख २४ हजार ६८१ सवारीसाधन दर्ता भइसकेका छन् । बाँकी ५ महिनामा यो संख्या वृद्धि भई पाँच लाख पुग्ने सम्भावना रहेको यातायात व्यवस्था विभागले जानकारी दिएको छ । यसअघि, एकैवर्ष सबैभन्दा बढी आव ०७२/७३ मा तीन लाख ६३ हजार ६६५ सवारीसाधन दर्ता भएका थिए ।

आजको नयाँ पत्रिका दैनिकमा खबर छ ।

प्रतिक्रिया

1 कमेन्ट

    Comment Author

    Jey Jung Thapa Chhetri

    Gadi hataune ki bato badhaune ta ab k x bikalp

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 1
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

तपाईंले छुटाउनुभयो कि?