ओलीको एकता प्रस्तावमा माधव झलनाथको यस्तो निष्कर्ष

Shikharkhabar Shikharkhabar
|
सोमबार, जेठ २४, २०७८
|
|
२५ पटक हेरिएको
Shares
ओलीको एकता प्रस्तावमा माधव झलनाथको यस्तो निष्कर्ष

सारांश

  • नेकपा एमालेको नेपाल-खनाल समूहको स्थायी कमिटी बैठकले अध्यक्ष केपी शर्मा ओलीको ६ बुँदे एकता प्रस्ताव सकारात्मक मनशायले नआएको निष्कर्ष निकालेको छ ।
  • आज बसेको उक्त समूहको बैठकले एकता प्रस्तावको नियतमाथि समेत शंका गर्ने ठाउँ रहेको निष्कर्ष निकालेको हो ।
  • नेपाल-खनाल पक्षका नेता भीम रावलले एकता गर्ने मनशायले प्रस्ताव नआएको बताए ।

नेकपा एमालेको नेपाल-खनाल समूहको स्थायी कमिटी बैठकले अध्यक्ष केपी शर्मा ओलीको ६ बुँदे एकता प्रस्ताव सकारात्मक मनशायले नआएको निष्कर्ष निकालेको छ । आज बसेको उक्त समूहको बैठकले एकता प्रस्तावको नियतमाथि समेत शंका गर्ने ठाउँ रहेको निष्कर्ष निकालेको हो ।

नेपाल-खनाल पक्षका नेता भीम रावलले एकता गर्ने मनशायले प्रस्ताव नआएको बताए । यद्यपि, उनले आफूहरु जहिले पनि एकताको पक्षमा रहेको स्पष्ट पारे ।

ओलीले आइतबार ६ बुँदे एकता प्रस्ताव सारेका थिए । जसअनुसार माधवकुमार नेपाल समूहले शेरबहादुर देउवालाई प्रधानमन्त्रीका लागि गरेको प्रस्तावबाट पछि हट्नुपर्ने र त्यसपछि २ जेठ २०७५ को अवस्थामा पार्टीको संरचना र संगठनलाई लगिने उल्लेख छ ।

आज बसेको नेपाल-खनाल समूहको स्थायी कमिटी बैठकमा नेताहरुले ओलीले सत्ता टिकाउने चाल मात्र चलेको भन्दै सतर्क हुनुपर्नेमा जोड दिएका थिए । यद्यपि, नेपाल-खनाल पक्षले ओलीको एकता प्रस्तावको लिखित जवाफ सार्वजनिक गर्ने भएको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?