बाम गठबन्धन दुई तिहाई नजिक !

Shikharkhabar Shikharkhabar
|
सोमबार, मंसिर २५, २०७४
|
|
२८ पटक हेरिएको
Shares
बाम गठबन्धन दुई तिहाई नजिक !

सारांश

  • २५ मंसिर, काठमाडौं ।
  • प्रतिनिधिसभाका १६५ सिटमध्ये सोमबार विहानसम्म १४३ निर्वाचन क्षेत्रको नतिजा सार्वजनिक हुँदा वाम गठबन्धन प्रत्यक्षतर्फ दुई तिहाई नजिक पुगेको छ ।
  • मतगणना जारी रहेका २२ मध्ये १२ स्थानमा वाम गठबन्धनको अग्रता रहेकाले दुई तिहाई निश्चित भएको हो ।

२५ मंसिर, काठमाडौं । प्रतिनिधिसभाका १६५ सिटमध्ये सोमबार विहानसम्म १४३ निर्वाचन क्षेत्रको नतिजा सार्वजनिक हुँदा वाम गठबन्धन प्रत्यक्षतर्फ दुई तिहाई नजिक पुगेको छ । मतगणना जारी रहेका २२ मध्ये १२ स्थानमा वाम गठबन्धनको अग्रता रहेकाले दुई तिहाई निश्चित भएको हो ।

पछिल्लो परिणाम अनुसार नेकपा एमाले एक्लैले हालसम्म ७४ सिट जितेको छ । यसमा सूर्य चिन्ह लिएर चुनाव जितेका हृदेश त्रिपाठी र बृजेश कुमार गुप्ताको स्वतन्त्र मधेशी समूह पनि जोडिएको छ । प्रत्यक्षतर्फ दुई तिहाइ ल्याउन वामपन्थीले ११० सिट जित्नुपर्छ ।

एमालेले ७ ठाउँमा अग्रता लिइरहेको छ । अग्रता लिनेमा सुनसरी ३ मा भगवती चौधरी, संखुवासभामा राजेन्द्र गौतम र काभ्रेपलान्चोक २ मा गोकुल बास्कोटा छन् । त्यस्तै, स्याङ्जा १ मा नारायण मरासिनी, स्यांजा २ मा पद्मा अर्याल, कैलाली २ मा झपट रावल र कञ्चनपुर ३ मा दिपकप्रकाश भट्टले अग्रता लिइरहेका छन् ।

प्रत्यक्षतर्फ दोस्रो स्थानमा माओवादी केन्द्र रहेको छ । माओवादीले हालसम्म ३१ सिट जितेर ५ ठाउँमा अग्रता लिइरहेको छ । सर्लाही ३ मा रामेश्वर राय, चितवन ३ मा प्रचण्ड, अर्घाखाँचीमा टोपवहादुर रायमाझी, धनुषा १ मा मात्रिका यादव र सिरहा २ मा सुरेशचन्द्र दासले अग्रता लिइरहेका छन् ।

२०७० सालको निर्वाचनमा पहिलो दल बनेको नेपाली कांग्रेस प्रतिनिधिसभामा प्रत्यक्षतर्फ तेस्रो स्थानमा खुम्चिएको छ । उसले अहिलेसम्म १७ सिटमा विजय हासिल गर्दा ३ ठाउँमा अग्रता लिइरहेको छ । यी सबै ठाउँमा जित्दा पनि उसले २५ सिटभित्र सीमित हुनुपर्ने देखिएको छ ।

कांग्रेसका सिताराम मेहता सुनसरी २, प्रदिप गिरी सिरहा १ र देवेन्द्रराज कँडेलले नवलपरासी २ मा अग्रता लिइरहेका छन् ।

त्यस्तै, संघीय समाजवादी फोरम ७ सिट जितेर चौथो स्थानमा रहेको छ । फोरमले २ ठाउँमा अग्रता लिइरहेको छ । महोत्तरी ४ मा सुरेन्द्र यादव र पर्सा ३ मा हरिनारायण रौनियारले अग्रा लिइरहेका छन् ।

राजपा नेपाल ७ स्थान जितेर पाँचौ भइरहँदा ३ ठाउँमा अग्रता लिइरहेको छ । राजपाका रेशलाल चौधरीले कैलाली १ र राकेश मिश्रले सर्लाही ४ मा अग्रता लिइरहेका छन् ।

राप्रपा, राष्ट्रिय जनमोर्चा र नयाँ शक्ति पार्टीले एक एक सिट जितेका छन् भने स्वतन्त्रबाट हुम्लामा माओवादीका पोलिटव्यूरो सदस्य छक्कवहादुर लामा बागी उम्मेदवारका रुपमा बिजयी भएका छन् । नेपाल मजदूर किसान पार्टीले भक्तपुर १ मा अग्रता लिइरहेको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

मुख्य मन्त्रीदेखि वडा सदस्यसम्मको सेवा–सुविधा ताेकियाे, कस्ले कति पाउँछन ?
मुख्य मन्त्रीदेखि वडा सदस्यसम्मको सेवा–सुविधा ताेकियाे, कस्ले कति पाउँछन ?
पोखरालाई पेनाल्टीमा हराउँदै धनगढी एनएसएलको फाइनलमा
पोखरालाई पेनाल्टीमा हराउँदै धनगढी एनएसएलको फाइनलमा
म्यादी प्रहरीमा युवायुवतीको लर्को
म्यादी प्रहरीमा युवायुवतीको लर्को
०७५ सालमा बिहेको साइत जम्मा १४ दिन
०७५ सालमा बिहेको साइत जम्मा १४ दिन
६० वर्षसम्म फिल्ममा काम गरेका धर्मेन्द्र अहिले गाई भैंसी पाल्छन्
६० वर्षसम्म फिल्ममा काम गरेका धर्मेन्द्र अहिले गाई भैंसी पाल्छन्
जुम्लामा हथ्कडीसहितको नाङ्गो जुलुश
जुम्लामा हथ्कडीसहितको नाङ्गो जुलुश
मध्यपुरथिमि नगरपालिकाका प्रमुख श्रेष्ठलार्इ अाक्रमण गर्नेकाे पहिचान भएकाे अाशंका
मध्यपुरथिमि नगरपालिकाका प्रमुख श्रेष्ठलार्इ अाक्रमण गर्नेकाे पहिचान भएकाे अाशंका
सरकारको सम्पुर्ण जस-अपजस अध्यक्षद्वयले लिनुपर्छः गजुरेल
सरकारको सम्पुर्ण जस-अपजस अध्यक्षद्वयले लिनुपर्छः गजुरेल
न्युजिल्याण्डमा चक्रवातबाट व्यापक क्षति, चार जनाको मृत्यु
न्युजिल्याण्डमा चक्रवातबाट व्यापक क्षति, चार जनाको मृत्यु
पर्यटनमन्त्री रवीन्द्र अधिकारीसहित सातै जनाको हेलिकप्टर दुर्घटनामा निधन
पर्यटनमन्त्री रवीन्द्र अधिकारीसहित सातै जनाको हेलिकप्टर दुर्घटनामा निधन

तपाईंले छुटाउनुभयो कि?