सरकारको सम्पुर्ण जस-अपजस अध्यक्षद्वयले लिनुपर्छः गजुरेल
सारांश
- नेकपा स्थायी कमिटीको जारी बेठकमा स्थायी कमिटि सदस्य हरिवोल गजुरेलले आठ वटा बुँदामा आफ्ना मत जाहेर गरेका छन् ।
- पार्टी केन्द्रीय कार्यालयमा बुधबार जारी बैठकमा उनले आफ्नो धारणा लिखित र मौखिक रुपमा राखेका हुन् ।
- उनले पार्टी र सरकार हिजोको निरन्तरताका हिसावले हेर्दा मात्रै राम्रोसँग चलिरहेको बताउँदै नयाँ संविधानको नयाँ आवश्यकता अनुसार पार्टी र सरकार चल्न नसकेको आरोप लगाए ।
नेकपा स्थायी कमिटीको जारी बेठकमा स्थायी कमिटि सदस्य हरिवोल गजुरेलले आठ वटा बुँदामा आफ्ना मत जाहेर गरेका छन् । पार्टी केन्द्रीय कार्यालयमा बुधबार जारी बैठकमा उनले आफ्नो धारणा लिखित र मौखिक रुपमा राखेका हुन् ।
उनले पार्टी र सरकार हिजोको निरन्तरताका हिसावले हेर्दा मात्रै राम्रोसँग चलिरहेको बताउँदै नयाँ संविधानको नयाँ आवश्यकता अनुसार पार्टी र सरकार चल्न नसकेको आरोप लगाए । उनले स्थायी कमिटिको बैठक हरेक तीन महिनामा बस्नुपर्ने अन्तराष्ट्रिय मापदण्डलाई पनि पार्टीले पछ्याउन नसकेको बताए ।
सरकारका काम कारवाही पनि निरन्तरताका हिसावले मात्रै ठीकै रहेको रहेको तर जनअपेक्षा र वर्तमान आवश्यकतालाई पूरा गर्न सक्ने भिजन सहित अघि बढ्न नसकेको उनले जिकिर गरे । यी सम्पुर्ण कुराको जस–अपजस स्थायी समिति, सचिवालय र मूलतः अध्यक्ष्द्वयले लिनु पर्ने उनको भनाई छ ।
प्रतिक्रिया