मध्यपुरथिमि नगरपालिकाका प्रमुख श्रेष्ठलार्इ अाक्रमण गर्नेकाे पहिचान भएकाे अाशंका

Shikharkhabar Shikharkhabar
|
बुधबार, बैशाख १२, २०७५
|
|
४७ पटक हेरिएको
Shares
मध्यपुरथिमि नगरपालिकाका प्रमुख श्रेष्ठलार्इ अाक्रमण गर्नेकाे पहिचान भएकाे अाशंका

सारांश

  • काठमाडाै, १२ वैशाख ।
  • मध्यपुरथिमि नगरपालिकाका प्रमुख मदनसुन्दर श्रेष्ठमाथि ज्यान लिने नियतले गत शनिबार भएको सांघातिक आक्रमणका दोषीलाई पक्राउ गर्न माग गर्दै महानगरीय प्रहरी वृत थिमि घेराउ गरिएको छ ।
  • मध्यपुरथिमिका स्थानीय बासिन्दा, कर्मचारी, प्याब्सन जिल्ला शाखा भक्तपुर, विभिन्न संघ संस्थाको प्रतिनिधि सहभागी रहेको ¥याली आज मध्यपुरथिमिको विभिन्न क्षेत्रको परिक्रमा गर्दै प्रहरी वृत्त पुगेर घेराउ गरेको हो ।

काठमाडाै, १२ वैशाख । मध्यपुरथिमि नगरपालिकाका प्रमुख मदनसुन्दर श्रेष्ठमाथि ज्यान लिने नियतले गत शनिबार भएको सांघातिक आक्रमणका दोषीलाई पक्राउ गर्न माग गर्दै महानगरीय प्रहरी वृत थिमि घेराउ गरिएको छ ।

मध्यपुरथिमिका स्थानीय बासिन्दा, कर्मचारी, प्याब्सन जिल्ला शाखा भक्तपुर, विभिन्न संघ संस्थाको प्रतिनिधि सहभागी रहेको ¥याली आज मध्यपुरथिमिको विभिन्न क्षेत्रको परिक्रमा गर्दै प्रहरी वृत्त पुगेर घेराउ गरेको हो ।

मध्यपुरथिमिको बालकुमारीबाट शुरु भएको सयौँको संख्यामा रहेको विरोध ¥याली, शंखधर चोक, चारदोबाटो, नेपाल–कोरियामैत्री अस्पताल मार्ग, सिद्धिकाली, बाहाखा बजार हुँदै प्रहरी वृत्त पुगेको थियो ।

प्रहरी वृत्त घेराउसँगै स्थानीय बासिन्दाले प्रहरी वृत्त थिमिका प्रमुख एवं प्रहरी नायब उपरीक्षक प्रज्ज्वल महर्जनलाई आक्रमणकारीलाई तत्काल पक्राउ गर्न माग गर्दै ज्ञापनपत्र बुझाएको हो ।

श्रेष्ठको घरमा राखिएको सिसी क्यामराका माध्यमबाट घटनामा संलग्न रहेको आक्रमणकारीको पहिचान भइसकेको अवस्थामा पनि प्रहरीले घटनाको पाँच दिनसम्म आक्रमणकारीलाई पक्राउ नगरेको भन्दै स्थानीयवासीले प्रहरीप्रति आक्रोश व्यक्त गरेका छन् । स्थानीयवासीले प्रहरी वृत्त थिमि घेराउ गर्दै दोषीलाई तत्काल पक्राउ गरी कडा कारबाही गर्न, जनप्रतिनिधिको सुरक्षाको व्यवस्था गर्न माग गर्दै नाराबाजी गरेका थिए ।

ज्ञापनपत्र बुझाउँदै स्थानीयवासी वीरेन्द्र जयनाले नगर प्रमुख श्रेष्ठलाई प्रहरीले सुरक्षा दिन नसकेको र आक्रमणकारीको पहिचान भइसक्दा पनि पक्राउ नपर्नुले थप आशंका जन्माएको बताएका छन् ।

स्थानीयवासीले वुधवार जिल्ला प्रशासन कार्यालय भक्तपुर पुगेर प्रमुख जिल्ला अधिकारी द्रोण पोखरेललाई पनि ज्ञापनपत्र बुझाउँदै तत्काल आक्रमणकारीलाई पक्राउ गरी कडा कारबाही गर्न माग गरेको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?