बालबालिकाको विकासमा परिवार र राज्यको भूमिका महत्वपूर्ण हुन्छः प्रधानमन्त्री देउवा

Shikharkhabar Shikharkhabar
|
बुधबार, भाद्र २९, २०७९
|
|
३८ पटक हेरिएको
Shares
बालबालिकाको विकासमा परिवार र राज्यको भूमिका महत्वपूर्ण हुन्छः प्रधानमन्त्री देउवा

सारांश

  • काठमाडौं।
  • प्रधानमन्त्री शेरबहादुर देउवाले बालबालिकाको संरक्षण र विकासमा परिवार तथा राज्य दुवैको भूमिका महत्वपूर्ण हुने उल्लेख गरेका छन्।
  • उनले बालबालिकाको अधिकारको संरक्षण गर्दै बालमैत्री राष्ट्र निर्माणका लागि प्रत्येक घर परिवार तथा समुदाय, स्वास्थ्य सेवा तथा विद्यालय बालमैत्री हुन जरुरी रहेकोसमेत बताएका छन्।

काठमाडौं। प्रधानमन्त्री शेरबहादुर देउवाले बालबालिकाको संरक्षण र विकासमा परिवार तथा राज्य दुवैको भूमिका महत्वपूर्ण हुने उल्लेख गरेका छन्। उनले बालबालिकाको अधिकारको संरक्षण गर्दै बालमैत्री राष्ट्र निर्माणका लागि प्रत्येक घर परिवार तथा समुदाय, स्वास्थ्य सेवा तथा विद्यालय बालमैत्री हुन जरुरी रहेकोसमेत बताएका छन्।

प्रधानमन्त्री देउवाले राष्ट्रिय बाल दिवस, २०७९ का अवसरमा देशभरका सम्पूर्ण बालबालिकामा बधाई तथा शुभकामना व्यक्त गर्दै उनीहरूको सुखद् र उज्ज्वल भविष्यको कामना गरेका छन्। राष्ट्रिय बाल दिवस, २०७९ ‘बालमैत्री समाजको आधारः जिम्मेवार परिवार, उत्तरदायी सरकार’ भन्ने नाराका साथ मनाउन लागिएको छ।

नेपालको संविधानले बालबालिकाको हकलाई मौलिक हकको रूपमा आत्मसात् गर्दै प्रत्येक बालबालिकालाई परिवार तथा राज्यबाट शिक्षा, स्वास्थ्य, पालन–पोषण, उचित स्याहार, खेलकुद, मनोरञ्जन तथा सर्वाङ्गीण व्यक्तित्व विकासको हक हुनेलगायतका कुराको प्रत्याभूति गरेको छ।

बालबालिका राष्ट्रका कर्णधार, भोलिका नीति निर्माता तथा देश र समाजका परिवर्तनका संवाहक भएको उल्लेख गर्दै प्रधानमन्त्री देउवाले बालबालिकालाई संविधान र कानूनले प्रत्याभूत गरेका सबै किसिमका हकअधिकार निर्वाध उपभोग गर्नसक्ने व्यवस्था सुनिश्चित गर्न सरकार लागि परेको बताएका छन्।

उनले उनीहरूलाई उचित शिक्षा दीक्षा दिई असल जिम्मेवार, देशभक्त र उत्पादनशील नागरिकका रूपमा तयार गर्न सबैले जोड दिन आवश्यक रहेकोसमेत उल्लेख गरेका छन्।

“बालबालिकाको शिक्षा, स्वास्थ्य, पालनपोषण, उचित स्याहार, मनोरञ्जन, खेलकुद तथा सर्वाङ्गीण व्यक्तित्व विकासको लागि नेपाल सरकारले नीतिगत, कानूनी, संस्थागत र संरचनागत व्यवस्था गर्दै विभिन्न कार्यक्रमको तर्जुमा एवं कार्यान्वयन गर्दै आइरहेको छ”, उनको शुभकामना सन्देशमा उल्लेख छ।

उनले मुलुक सङ्घीय शासन प्रणालीमा रुपान्तरित भएको वर्तमान परिप्रेक्ष्यमा बालबालिकाको समय हकअधिकारको संरक्षण एवं विकासमा सङ्घका अतिरिक्त प्रदेश र स्थानीय सरकारले पनि उत्तिकै जिम्मेवारीबोधका साथ काम गर्नुपर्ने खाँचो औँल्याएका छन्।

बालबालिकाको हकअधिकारको संरक्षण र बालमैत्री समाज निर्माणका लागि तीनै तहका सरकारबीच पारस्परिक सहयोग, समन्वय र सहकार्य अनिवार्य रहेको प्रधानमन्त्री देउवाको भनाइ छ।

बालबालिकाको उज्ज्वल भविष्यका लागि घर परिवार, समाज एवं सबै सरोकारवाला जिम्मेवार बन्नु आवश्यक रहेको बताउँदै उहाँले सबैको साझा लक्ष्य र गन्तव्य भनेको बालअधिकार सुनिश्चित भएको बालमैत्री राष्ट्र निर्माण गरेकाे बताएका छन्।

बालबालिकाको अधिकारको सम्मान, संरक्षण र प्रवद्र्धन गरी बालबालिकाको सर्वोत्तम हित कायम गर्नु सबैको दायित्व भएको बताउँदै प्रधानमन्त्री देउवाले सबैको साझा प्रयास, सहयोग, समन्वय र सहकार्यबाट मात्र बाल अधिकार सुनिश्चित भएको बालमैत्री समाज निर्माण गर्न सकिन्छ भन्ने अपेक्षा गरेका छन्।

उहाँले दिवसका अवसरमा बालबालिकाको हकअधिकार र कल्याणका क्षेत्रमा कार्यरत सरोकारवाला निकायलाई आगामी दिनमा बालबालिकाको हकअधिकारको संरक्षण र विकासमा अझ बढी जिम्मेवार भई कार्य गर्न थप ऊर्जा र प्रेरणा मिलोस् भन्ने कामनाका साथ सबैमा शुभकामना व्यक्त गरेका छन्।

(www.biolighttechnologies.com)

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

लडडु खाएर प्रचण्डसँग मिलेका बादलले ‘स्वाद’ लिदै बैद्य र विप्लबलाई यसरी सिध्याउदैछन् !
लडडु खाएर प्रचण्डसँग मिलेका बादलले ‘स्वाद’ लिदै बैद्य र विप्लबलाई यसरी सिध्याउदैछन् !
कुनै पनि राजनीतिक नियुक्तिमा आफ्नो चासो र हस्तक्षेप नभएको उपप्रधानमन्त्री पोखरेलको स्पष्टोक्ति
कुनै पनि राजनीतिक नियुक्तिमा आफ्नो चासो र हस्तक्षेप नभएको उपप्रधानमन्त्री पोखरेलको स्पष्टोक्ति
बोलपत्र आह्वाननै नगरी सुटुक्क सामान खरीद
बोलपत्र आह्वाननै नगरी सुटुक्क सामान खरीद
खोटाङका भट्टराईलाई पूर्वी पहाडी जिल्लाकै सबैभन्दा बढी मत
खोटाङका भट्टराईलाई पूर्वी पहाडी जिल्लाकै सबैभन्दा बढी मत
अयोध्याको राम मन्दिरमा जनकपुरधामको माटो र चाँदीको ईट्टा
अयोध्याको राम मन्दिरमा जनकपुरधामको माटो र चाँदीको ईट्टा
चुनावमा बन्ला त पहिलो पार्टी कांग्रेस! शुरु भयो सरकार विरुद्ध जागरण अभियान
चुनावमा बन्ला त पहिलो पार्टी कांग्रेस! शुरु भयो सरकार विरुद्ध जागरण अभियान
आजकाे राशीफल
आजकाे राशीफल
‘बुटवलको विकासमा अझ बढी सक्रिय हुन्छु’
‘बुटवलको विकासमा अझ बढी सक्रिय हुन्छु’
वैकल्पिक आन्तरिक विमानस्थल भरतपुरलाई बनाइन्छ: पर्यटनमन्त्री
वैकल्पिक आन्तरिक विमानस्थल भरतपुरलाई बनाइन्छ: पर्यटनमन्त्री
प्रभाकरका करिब २५० मत जलेर नष्ट ,२१ गते पुनः मतदान
प्रभाकरका करिब २५० मत जलेर नष्ट ,२१ गते पुनः मतदान

तपाईंले छुटाउनुभयो कि?