खोटाङका भट्टराईलाई पूर्वी पहाडी जिल्लाकै सबैभन्दा बढी मत

Shikharkhabar Shikharkhabar
|
बिहिबार, मंसिर २८, २०७४
|
|
२० पटक हेरिएको
Shares
खोटाङका भट्टराईलाई पूर्वी पहाडी जिल्लाकै सबैभन्दा बढी मत

सारांश

  • प्रतिनिधिसभा सदस्यमा खोटाङबाट विजयी वाम गठबन्धनका साझा उम्मेदवार नेकपा (एमाले) का विशाल भट्टराईले पूर्वी पहाडी जिल्लामै सबैभन्दा बढी मत ल्याएका छन् ।
  • ओखलढुंगा, सोलुखुम्बु, भोजपुर, धनकुटा, संखुवासभा, तेह्रथुम, ताप्लेजुङ, पाँचथरमा वाम गठबन्धनकातर्फबाट विजयी उम्मेदवारले पाएको मतान्तरमध्ये भट्टराईले पाएको मतान्तर सबैभन्दा बढी हो ।
  • भट्टराई निकटतम् प्रतिस्पर्धीले भन्दा १४ हजार ३७२ बढी मत ल्याएर प्रतिनिधिसभा सदस्यमा विजयी भएको मुख्य निर्वाचन अधिकृत एवम् जिल्ला न्यायाधिस किशोर घिमिरेले जानकारी दिए ।

प्रतिनिधिसभा सदस्यमा खोटाङबाट विजयी वाम गठबन्धनका साझा उम्मेदवार नेकपा (एमाले) का विशाल भट्टराईले पूर्वी पहाडी जिल्लामै सबैभन्दा बढी मत ल्याएका छन् ।

ओखलढुंगा, सोलुखुम्बु, भोजपुर, धनकुटा, संखुवासभा, तेह्रथुम, ताप्लेजुङ, पाँचथरमा वाम गठबन्धनकातर्फबाट विजयी उम्मेदवारले पाएको मतान्तरमध्ये भट्टराईले पाएको मतान्तर सबैभन्दा बढी हो ।

भट्टराई निकटतम् प्रतिस्पर्धीले भन्दा १४ हजार ३७२ बढी मत ल्याएर प्रतिनिधिसभा सदस्यमा विजयी भएको मुख्य निर्वाचन अधिकृत एवम् जिल्ला न्यायाधिस किशोर घिमिरेले जानकारी दिए । कांग्रेसकी सरस्वती बजिमयले २३ हजार ४६५ मत ल्याउँदा भट्टराईले ३७ हजार ८३७ मत ल्याएका थिए ।

२०७० सालमा भएको संविधानसभाको दोस्रो निर्वाचनमा खोटाङ क्षेत्र नम्बर २ बाट विजयी भट्टराईको यो लगातार दोस्रो जित हो । पार्टीमा तेस्रो पुस्तामा गनिने भट्टराईलाई पार्टीभित्र सम्भावना बोकेको नेताकारुपमा लिइन्छ ।

पूर्वी पहाडी जिल्लामा सबैभन्दा बढी मतान्तरमा विजयी हुने एमाले वरिष्ठ नेता झलनाथ खनाल (इलाम) पछि सबैभन्दा बढी मत पाएर विजयी हुने प्रतिनिधिसभा सदस्यको सूचीमा भट्टराईको नाम परेको छ ।

एमाले वैकल्पिक केन्द्रिय सदस्य समेत रहेका भट्टराईले ताप्लेजुङबाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित एमाले सचिव योगेश भट्टराईले भन्दा बढी मतान्तरमा प्रतिष्पर्धीलाई उछिन्न सफल हुन् ।

खनालले निकटतम् प्रतिस्पर्धी काँग्रेसका भूपेन्द्र कट्टेललेभन्दा १७ हजार १६७ मत ल्याउनुभएको छ । पूर्व प्रधानमन्त्री खनालले ३६ हजार ८०५ र कट्टेलले १९ हजार ६३८ मत ल्याएका छन् । यस्तै, भट्टराईले १२ हजार ५९१ मतान्तरमा काँग्रेसका केशव दाहालाई पछि पारेका छन् ।

सचिव भट्टराईले २९ हजार ४७९ मत पाउँदा दाहालले १६ हजार ८८८ मत ल्याएका छन् । खोटाङका भट्टराईपछि भोजपुरका वाम गठबन्धन (माओवादी केन्द्र)का सुदन किरातीले प्रतिनिधिसभा सदस्यमा सबैभन्दा फराकिलो मतान्तर कायम गरेका छन् ।

किरातीले निकटत् प्रतिष्पर्धीसँग १२ हजार ६९८ मतान्तर कायम गरे । उनले ३४ हजार ३९४ मत पाउँदा कांग्रेसका उमेशजङ रायमाझी २१ हजार ६९६ मत प्राप्त गरे ।

निर्वाचन आयोगका अनुसार पाँचथरमा वाम गठबन्धनका वशन्त नेम्बाङ कांग्रेसका भिष्मराज आङदेम्बेभन्दा १० हजार ६१६ मत अन्तरले विजयी भएका छन् । नेम्वाङले ३८ हजार ६४१ र आङदम्बे २८ हजार २५ मत पाएका छन् ।

धनकुटामा वाम गठबन्धनका राजेन्द्रकुमार राईले राप्रपाका सुनिल थापाभन्दा १० हजार ४५९ मत ल्याएका छन् । राईले ३७ हजार ३३३ मत पाउँदा थापाले २६ हजार ८७४ मत मात्र ल्याएको जनाइएको छ ।

यस्तै, ओखलढुंगामामा कांग्रेसका रामहरि खतिवडाभन्दा ५ हजार २५३ मत बढी ल्याएर एमालेका यज्ञराज सुनुवार प्रतिनिधिसभा सदस्यमा विजयी भएका छन् । सुनुवारको ३२ हजार ५८० मत हुँदा खतिवडाको २७ हजार ३२७ छ ।

सोलुखुम्बूमा २० हजार ७४७ मत पाएका वाम गठबन्धनका हेमकुमार राई काँग्रेसका बलबहादुर केसीभन्दा ३ हजार ४५३ मतले अघि भए ।

तेह्रथुममा वाम गठबन्धनकातर्फबाट प्रतिनिधिसभा सदस्यमा विजयी भवानी खापुङको २१ हजार ३३५ र कँंग्रेसकी सिता गुरुङको मत १९ हजार ३१४ छ ।

संखुवासभामा प्रतिनिधिसभा सदस्यमा बिजयी वाम गठबन्धनका राजेन्द्रप्रसाद गौतम र कांग्रेसका दिपक खड्काको मतान्तर एक हजार १३० रहेको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?