निर्मलाकी आमाले प्रधानमन्त्रीकै अगाडि यसरी पोखिन गुनासो

Shikharkhabar Shikharkhabar
|
मंगलबार, आश्विन २, २०७५
|
|
१९ पटक हेरिएको
Shares
निर्मलाकी आमाले प्रधानमन्त्रीकै अगाडि यसरी पोखिन गुनासो

सारांश

  • काठमाडौं ।
  • कन्चनपुरमा बलात्कारपछि हत्या गरिएकी बालिका निर्मलाका आमाबाले प्रधानमन्त्री केपी शर्मा ओलीलाई भेटेका छन् ।
  • हत्यारालाई पक्राउ गर्न नसकेको भन्दै न्याय माग्न काठमाडौं आएका निर्मलाका आमाबा लगायतले प्रधानमन्त्रीलाई भेटेका हुन् ।

काठमाडौं । कन्चनपुरमा बलात्कारपछि हत्या गरिएकी बालिका निर्मलाका आमाबाले प्रधानमन्त्री केपी शर्मा ओलीलाई भेटेका छन् । हत्यारालाई पक्राउ गर्न नसकेको भन्दै न्याय माग्न काठमाडौं आएका निर्मलाका आमाबा लगायतले प्रधानमन्त्रीलाई भेटेका हुन् ।

प्रधानमन्त्रीलाई भेट्न निर्मला पन्तका आमा बाबुसहितको टोली सोमबार बालुवाटार पुगेको थियो । नेकपा नेतृ एवं सांसद निरु पालले प्रधानमन्त्रीले टोलीका तीनजनालाई मात्र भेट्न सक्ने जानकारी गराएपछि विवाद भएको थियो ।

कञ्चनपुरदेखि निर्मलाका आमा बासँग आएका संघर्षसमितिका ११ जनाको सिंगो टोलीले भेट्न पाउनुपर्ने शर्त राखेपछि सबैलाई भेट्न प्रधानमन्त्री ओलीले बालुवाटार बोलाएका थिए ।

प्रधानमन्त्रीसहित बालुवाटारमा नेकपाका नेताहरु भीम रावल, लेखराज भट्ट, कर्णबहादुर थापा, दीपकप्रसाद भट्ट, कांग्रेस नेता एनपी साउद, दिलेन्द्र बडूलगायत उपस्थिति थिए ।

भेटमा नेता भीम रावलले आमाबामध्ये एकजनाले मात्र बोल्न पाउने सर्त राखेका थिए । निर्मलाकी आमा दुर्गादेवीले आफ्नो भनाइ राखेकी थिइन् । दुर्गादेवीपछि कांग्रेस नेता साउद लगायतका नेताले दोषीलाई कार्वाहीको दायरामा ल्याउन आग्रह गरेका थिए । उपस्थित सबैले अनुसन्धानमा चरम लापरबाही भएको भन्दै गम्भीरताका साथ अनुसन्धान गर्न सरकारलाई अनुरोध गरे ।

प्रधानमन्त्री ओलीले हत्यारा जतिसुकै बलियो भएपनि नछोड्ने प्रतिबद्धता व्यक्त गरेका थिए । प्रधानमन्त्रीले छानबिनमा भएको कमजोरीका कारण अपराधी पत्ता लगाउन केही समय लाग्ने बताएका छन् । म पनि निर्मलाको अभिभावक हुँ । यस्तो पाशविक हत्यामा संलग्न जतिसुकै बलियो व्यक्ति र जुनसुकै ओहोदाको भएपनि छोड्दिन प्रधानमन्त्रील भने ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?