प्रभाकरका करिब २५० मत जलेर नष्ट ,२१ गते पुनः मतदान

Shikharkhabar Shikharkhabar
|
आइतबार, मंसिर १०, २०७४
|
|
२१ पटक हेरिएको
Shares
प्रभाकरका करिब २५० मत जलेर नष्ट ,२१ गते पुनः मतदान

सारांश

  • रुकुम, १० मंसिर पश्चिम रुकुमको बाँफीकोट गाउँपालिका वडा नम्बर– ५ स्थित रत्न आधारभूत विद्यालय ‘क’ केन्द्रको मतपेटिकामा आगजनी भएको छ ।
  • प्रतिनिधिसभाको प्रत्यक्षतर्फको मतपेटिकामा आगो लागेर खसेको मत पूर्णरुपमा जलेर नष्ट भएपछि पुनः निर्वाचन हुने भएको छ ।
  • आगजनी हुने बेलासम्ममा करिब २५० को वरिपरी मत खसेको बताइएको छ ।

रुकुम१० मंसिर

पश्चिम रुकुमको बाँफीकोट गाउँपालिका वडा नम्बर– ५ स्थित रत्न आधारभूत विद्यालय ‘क’ केन्द्रको मतपेटिकामा आगजनी भएको छ ।

प्रतिनिधिसभाको प्रत्यक्षतर्फको मतपेटिकामा आगो लागेर खसेको मत पूर्णरुपमा जलेर नष्ट भएपछि पुनः निर्वाचन हुने भएको छ । आगजनी हुने बेलासम्ममा करिब २५० को वरिपरी मत खसेको बताइएको छ ।

उक्त क्षेत्र माओवादी केन्द्रका नेता तथा प्रतिनिधि सभा सदस्य उम्मेदवार प्रभाकरको पकड मानिदै आएको थियो । उक्त मतदान केन्द्रमा प्रभाकरलाई नै एकलौटी भोट खस्ने अनुमान गरिएको थियो ।

आगजनीपछि मतदान तत्कालका लागि स्थगित भएको थियो । उक्त मतदान केन्द्रमा आगामी मंसिर २१ गते नै पुनः मतदान गर्ने निर्वाचन कार्यालय रुकुमले बताएको छ ।

यसैबीच आठबीसकोट नगरपालिका वडा नम्बर ११ मा रहेको राष्ट्रिय माध्यमिक विद्यालय गत्तासैना मतदान केन्द्रमा पनि मतपेटिका जलाइएको छ ।

प्रहरीका अनुसार एसिड प्रयोग गर्दा समानुपतिकतर्फको मतपेटिका जलेको हो । मतपेटिकामा एसिड हाल्ने एक जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

मतदानका लागि गएका व्यक्तिले नै एसिड प्रयोग गरेर आगजनी गरेको प्रहरीको भनाई छ ।

रुकुम प्रहरीका अनुसार घटनामा संलग्न भएको आरोपमा प्रहरीले ३ जना स्थानीयलाई गिरफ्तार गरेर थप अनुसन्धान भइरहेको छ ।

प्रतिक्रिया

4 कमेन्ट

    Comment Author

    Gb Chettri

    हो माओ बादिको मत पत्र च्यात्ने जलाउनेत नानी देखिकै बानी होनि होइनर।

    Comment Author

    Mohan Kayasta

    So bad .

    Comment Author

    Surendra Kumar Sah

    said news

    Comment Author

    Dhiraj Jayswal

    So sad

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 4
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?