बालुवाटारमा देउवा-ओलीबीच के भयो कुराकानी ?

Shikharkhabar Shikharkhabar
|
बुधबार, भाद्र ८, २०७९
|
|
४३ पटक हेरिएको
Shares
बालुवाटारमा देउवा-ओलीबीच के भयो कुराकानी ?

सारांश

  • काठमाडौं।
  • बुधबार एमाले अध्यक्ष केपी शर्मा ओली आफ्ना दुई जना विश्वासपात्र सुवास नेम्वाङ र विष्णु पौडेललाई दिएर प्रधानमन्त्री निवास बालुवाटार पुगे।
  • सरकारबाट बाहिरिएपछि ओलीको यो दोस्रो बालुवाटार यात्रा थियो।

काठमाडौं। बुधबार एमाले अध्यक्ष केपी शर्मा ओली आफ्ना दुई जना विश्वासपात्र सुवास नेम्वाङ र विष्णु पौडेललाई दिएर प्रधानमन्त्री निवास बालुवाटार पुगे।

सरकारबाट बाहिरिएपछि ओलीको यो दोस्रो बालुवाटार यात्रा थियो। त्यहाँ उनले प्रधानमन्त्री शेरबहादुर देउवासँग लामै छलफल गरे र, विभिन्न विषयमा सरकारको धारणा जान्न चाहे।

विशेष गरी सत्य निरुपण तथा मेलमिलाप आयोगका विषयमा बढी चासो राखेका थिए। सरकारले द्वन्द्वकालीन मुद्दा किनारा लगाउने भन्दै बेपत्ता पारिएका व्यक्तिको छानविन, सत्य निरुपण तथा मेलमिलाप आयोग (तेस्रो संशोधन) विधेयक, २०७९ संसदमा पेश गरेको छ।

सोही विषयमा ओलीले प्रधानमन्त्री देउवासँग बढी चासो राखेका थिए। सरकारले द्वन्द्वकालीन मुद्दा निरुपण गर्ने महत्वपूर्ण विषयमा प्रमुख प्रतिपक्ष दलसँग कुनै छलफल नै नगरेको भन्दै अध्यक्ष ओलीले प्रधानमन्त्रीप्रति असन्तुष्टि जनाएको उक्त भेटमा सहभागी एमाले उपाध्यक्ष सुवास नेम्वाङले बताए।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?