बालुवाटारमा नेकपा र कांग्रेस नेतृत्वबीच भेटघाट

Shikharkhabar Shikharkhabar
|
शुक्रबार, माघ ३, २०७६
|
|
१८ पटक हेरिएको
Shares
बालुवाटारमा नेकपा र कांग्रेस नेतृत्वबीच भेटघाट

सारांश

  • काठमाडौं।
  • सत्य निरुपण तथा मेलमिलाप र बेपत्ता छानविन आयोग (टीआरसी) मा पदाधिकारी नियुक्त गर्ने विषयमा सत्तारुढ दल नेकपा र प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसबीच छलफल भएको छ।
  • यी दुई आयोगका पदाधिकारी नियुक्तीका लागि सिफारिस गर्न बनेको समितिले नेताहरुबीच सहमति नहुँदा पदाधिकारी नियुक्त गर्न नसकेको चर्चा भइरहेका बेला दुई पार्टीबीच छलफल भएको हो।

काठमाडौं। सत्य निरुपण तथा मेलमिलाप र बेपत्ता छानविन आयोग (टीआरसी) मा पदाधिकारी नियुक्त गर्ने विषयमा सत्तारुढ दल नेकपा र प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसबीच छलफल भएको छ।

यी दुई आयोगका पदाधिकारी नियुक्तीका लागि सिफारिस गर्न बनेको समितिले नेताहरुबीच सहमति नहुँदा पदाधिकारी नियुक्त गर्न नसकेको चर्चा भइरहेका बेला दुई पार्टीबीच छलफल भएको हो।

प्रधानमन्त्री निवास बालुवाटारमा प्रधानमन्त्री तथा नेकपा अध्यक्ष केपी शर्मा ओली, नेकपाका अर्का अध्यक्ष पुष्पकमल दाहाल र प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाबीच छलफल जारी रहेको प्रधानमन्त्रीका प्रेस सल्लाहाकार सुर्य थापाले जानकारी दिएका छन्।
यसअघि यी आयोगमा पदाधिकारी नियुक्त गर्ने विषयमा छलफल गर्न दाहाल देउवा निवासमै पुगेका थिए। शुक्रबारको नेताहरुबीचको छलफलमा दुबै आयोगका पदाधिकारीबारे टुंगो लगाउने तयारी भएको छ।

यी आयोग नबन्दा माओवादीले चलाएको १० वर्षे सशस्त्र द्वन्द्वका क्रममा तत्कालीन राज्य पक्ष तथा विद्रोही पक्षबाट मारिएका र बेपत्ता गरिएका नागरिक, सुरक्षाकर्मी र विद्रोहीबारे छानविन गरी आवश्यक सजाय तथा मेलमिलापका लागि सिफारिस हुन सकेको छैन।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?