बिटक्वाइनको मुल्य ओरालो लागे पछि लगानीकर्ता त्रसित

Shikharkhabar Shikharkhabar
|
आइतबार, पौष ९, २०७४
|
|
२५ पटक हेरिएको
Shares
बिटक्वाइनको मुल्य ओरालो लागे पछि लगानीकर्ता त्रसित

सारांश

  • विश्व बजारमा पछिल्लो समय निकै चर्चामा आएको विट क्याइनको बजार मुल्य मा भारि गिरावट आएको छ ।
  • हालैका दिनमा निकै माथि उक्लिएर लगानीकर्ताको आकर्षणमा रहेको बिटक्वाइन शुक्रबार राती ११ हजार कायम भएको थिया ।
  • यध्यपी आइतबार फेरि १२ हजार डलर भन्दा माथि आइसकेको छ ।

विश्व बजारमा पछिल्लो समय निकै चर्चामा आएको विट क्याइनको बजार मुल्य मा भारि गिरावट आएको छ । हालैका दिनमा निकै माथि उक्लिएर लगानीकर्ताको आकर्षणमा रहेको बिटक्वाइन शुक्रबार राती ११ हजार कायम भएको थिया । यध्यपी आइतबार फेरि १२ हजार डलर भन्दा माथि आइसकेको छ । बजारमा भाउ झरेको खवर एक्कासी फेलिएपछि बिटक्वाइनको लेनदेन पनि केहि समय रोकिएको थियो । बजारमा निकै गिरावट देखिएपछि अमेरिकी कम्पनी सीएमइ र सीबीओइको कारोबार केहि समय रोकिएको थियो भने टिक्वाइन एक्सचेन्जको सबैभन्दा ठुलो कम्पनी क्वानबेसले पनि प्रविधिक समस्या भन्दै पटक पटक कारोबार बन्द गरेको थियो ।

 

दक्षिण कोरियामा आइसीओ को करोबारलाई बन्द गर्ने खवर बाहिर आएपछि बिटक्वाइनमा गिरावट आएको बताइएको छ । २०१७ सुरु भएपछि बिटक्वाइनले विश्व बजारमा निकै ठुलो चर्चा पायो जसले गर्दा लगानीकर्ताहरु यस तर्फ आकर्षित भए । पछिल्लो १२ महिनामा बिटक्वाइनको भाउ बढेर २० हजार डलर भन्दा माथि पुगेको थियो । वर्षको सुरुवात देखि नै यो मुद्राको व्यवहार र कारोबारमा स्थीरता नभएकै कारण यतिवेला लगानीकर्ता फेरि ससंकित बनेका छन् ।

 

शुक्रबार भएको गिरावट पछि त कतिपय लगानीकर्ता निकै आत्तिएको पाइएको छ । विश्वका बजार विश्लेषकहरु बिटक्वाइनमा भएको पछिल्लो कारोबारले लगानीकर्तालाई (ल अफ ग्राघिटी) अर्थात गुरुत्वाकर्षणको नियमबारे थाहा भएकोले यस्तो उतारचढावबाट परिचित भएको विश्लेषण गरिरहेका छन् । त्यस्तै विज्ञहरुले उच्च बृद्धि र उच्च गिरावट हुनु भनेको लगानीकर्तामै भर पर्ने विषय भएको बताएका छन् । यसलाई कतिपय विश्लेषकहरुले ‘फाइनान्सियल बबल’ को संज्ञा पनि दिएका छन् । यसरी ‘रातारात बिटक्वाइनको भाउमा आएको बृद्धिलाई कायम राख्न नयाँ लगानीकर्ताहरुको आवश्यकता भएको विश्लेषकहरुको भनाइ छ ।

 

तर बिटक्वाइन ब्रोकर निकोलसले भने क्रिप्टो करेन्सीको आन्तरिक ‘स्ट्रक्चर’ले पनि यसको भाउ घटाइरहेको हुन सक्ने अनुमान गरेको छ । यसले विश्वका अधिकांश ठुला ठुला वित्तीय नियामक संस्थाहरुले दिदै आएको चेतावनी सही निस्कीएको पनि लगानीकताहरुले विश्लेषण गर्न थालेका छन् । डेनमार्क केन्द्रीय बैंकका अध्यक्षले बिटक्वाइनलाई खतरनाक जुवाघर भनेका थिए भने बेलायतका नियामकले पनि बिटक्वाइनमा लगानी गर्नेलाई टाट पल्टिन तयार हुन भनेको थियो । तर यतिवेला विटक्वाइनमा ठुलो गिरावट आएपछि लगानीकर्ताहरु ससंकित भएका छन् ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?