चन्द्रागिरिलाई कार्वाही होला र ?
सारांश
- काठमाडौं ।
- चन्द्रागिरि हिल्स कम्पनी लिमिटेडले कानुन विपरित संरचना बनाएको भन्दै कार्वाहीका लागि सिफारिस गरेको छ ।
- वातावरणीय प्रभाव मूल्यांकन प्रतिवेदनमा उल्लेख भएभन्दा फरक प्रकृतिको संरचना बनाएको भन्दै वातावरण विभागले वन तथा वातावरण मन्त्रालयसमक्ष कारबाही गर्न सिफारिस गरेको छ ।
काठमाडौं । चन्द्रागिरि हिल्स कम्पनी लिमिटेडले कानुन विपरित संरचना बनाएको भन्दै कार्वाहीका लागि सिफारिस गरेको छ ।
वातावरणीय प्रभाव मूल्यांकन प्रतिवेदनमा उल्लेख भएभन्दा फरक प्रकृतिको संरचना बनाएको भन्दै वातावरण विभागले वन तथा वातावरण मन्त्रालयसमक्ष कारबाही गर्न सिफारिस गरेको छ ।
अनुगमन क्रममा वातावरणीय प्रभाव मूल्यांकन प्रतिवेदन उल्लंघन गरेको पाइएकाले वातावरण ऐन २०५३ को धारा १८ ९१० बमोजिम कार्वाही गर्न माग गर्दै सिफारिस गरेको छ ।
विभागले यसैसाता मन्त्रालयमा पठाएको प्रस्तावमा आयोजनाले संरचना बनाउँदा प्रतिवेदन ख्याल नगरेको भेटिएको उल्लेख गर्दै कार्वाहीका लागि सिफारिस गरेको हो ।
कारबाही गर्ने निकाय भने वन तथा वातावरण मन्त्रालय नै हो । १ लाख रुपैयाँसम्म जरिवाना गर्न सकिने व्यवस्था छ ।
प्रतिक्रिया