आँखाका बिरामीको निःशुल्क शल्यक्रिया गर्न सम्झौता

Shikharkhabar Shikharkhabar
|
आइतबार, आषाढ २४, २०८०
|
|
५३ पटक हेरिएको
Shares
आँखाका बिरामीको निःशुल्क शल्यक्रिया गर्न सम्झौता

सारांश

  • काठमाडौँ ।
  • नेपाल नेत्रज्योति सङ्घ र अष्ट्रेलियाको डाक फाउन्डेसनका बीचमा आपसी सहकार्य गर्नेसम्बन्धी सम्झौतापत्र (एमओयु) मा हस्ताक्षर गरिएको छ ।
  • उक्त सम्झौतापत्रमा सङ्घका तर्फबाट अध्यक्ष प्रा डा चेतराज पन्त र फाउन्डेसनका तर्फबाट संस्थापक डेभ रिकार्डले हस्ताक्षर गरेका छन् ।

काठमाडौँ । नेपाल नेत्रज्योति सङ्घ र अष्ट्रेलियाको डाक फाउन्डेसनका बीचमा आपसी सहकार्य गर्नेसम्बन्धी सम्झौतापत्र (एमओयु) मा हस्ताक्षर गरिएको छ । उक्त सम्झौतापत्रमा सङ्घका तर्फबाट अध्यक्ष प्रा डा चेतराज पन्त र फाउन्डेसनका तर्फबाट संस्थापक डेभ रिकार्डले हस्ताक्षर गरेका छन् ।

फाउन्डेशनले सन् २०२३ का लागि करिब आठ हजार आँखाका बिरामीको निःशुल्क शल्यक्रियाका लागि सङ्घलाई अनुदान रकम उपलब्ध गराउने छ । सङ्घले विभिन्न अस्पताल तथा बाह्य कार्यक्रममार्फत आर्थिक अभावका कारण आँखा उपचार सेवाबाट बञ्चित नागरिकको निःशुल्क आँखाको उपचार गर्ने सङ्घका महासचिव भरतबहादुर चन्दले बताए ।

“सङ्घले आर्थिक अभाव र पहुँचका कारण कोही पनि नागरिकले दृष्टिविहीन जीवनयापन गर्न नपरोस् भनेर जनताको घरदैलोमै सहज, सुलभ र सस्तोरुपमा गुणस्तरीय सेवा प्रदान गरिरहेको छ । यसका लागि विभिन्न दातृ निकायसँगको सहकार्यमा निःशुल्क शिविर सञ्चालन भइरहेको छ”, उनले भने ।

डाक फाउन्डेसनको सहयोगमा अहिलेसम्म करिब पाँच लाख बिरामीले आँखा परीक्षण गरेका छन् भने ५२ हजार बिरामीको निःशुल्क शल्यक्रिया गरिएको सङ्घका कार्यक्रम व्यवस्थापक रञ्जन शाहले बताए ।

सन् २०३० सम्ममा नेपालबाट उपचारपछि निको हुने अन्धोपनालाई निवारण गर्ने नेत्रज्योति सङ्घको योजनामा डाक फाउन्डेसनले महत्वपूर्ण सहयोग पु¥याइरहेको सङ्घका कार्यकारी निर्देशक डा शैलेसकुमार मिश्रले बताए । नेपाल नेत्रज्योति सङ्घले हाल देशभरमा २७ आँखा अस्पताल, एक सय ५४ आँखा उपचार केन्द्र र ४४ जिल्ला शाखामार्फत आँखा उपचार सेवा प्रवाह गर्दै आइरहेको छ ।

(Tramadol)

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

रेड लाइट एरिया बैधानिक की अबैधानिक ?
रेड लाइट एरिया बैधानिक की अबैधानिक ?
किन छान्न सकेनन् प्रचण्डले नेकपा स्थायी कमिटिमा माओवादी केन्द्रका तर्फबाट ६ जनाको नाम ?
किन छान्न सकेनन् प्रचण्डले नेकपा स्थायी कमिटिमा माओवादी केन्द्रका तर्फबाट ६ जनाको नाम ?
नेपोलीलाई हराउँदै बार्सिलोना च्याम्पियन्स लिगको क्वार्टरफाईनलमा प्रवेश
नेपोलीलाई हराउँदै बार्सिलोना च्याम्पियन्स लिगको क्वार्टरफाईनलमा प्रवेश
कपिलवस्तुका एसपी हटे !
राष्ट्रपतिमा ‘ढोक्सा’ थाप्दै कांग्रेसः धरमरमा सत्ता गठबन्धन
राष्ट्रपतिमा ‘ढोक्सा’ थाप्दै कांग्रेसः धरमरमा सत्ता गठबन्धन
प्रदेश १ को राजधानी कहाँ ? यस्ता छन् उम्मेदवारको चुनावी मुद्दा
प्रदेश १ को राजधानी कहाँ ? यस्ता छन् उम्मेदवारको चुनावी मुद्दा
कोमल वलीसहित ३ महिला राष्ट्रियसभा सदस्यमा निर्विरोध निर्वाचित
कोमल वलीसहित ३ महिला राष्ट्रियसभा सदस्यमा निर्विरोध निर्वाचित
ट्रम्पले गरे ‘समस्याग्रस्त’ विधेयकमा हस्ताक्षर
ट्रम्पले गरे ‘समस्याग्रस्त’ विधेयकमा हस्ताक्षर
क्रिकेटर सन्दिप लामिछानेलाई अर्को सफलता ७५ लाखमा बिग बास खेल्दै
क्रिकेटर सन्दिप लामिछानेलाई अर्को सफलता ७५ लाखमा बिग बास खेल्दै
इजरायलको आक्रमणमा दुई इरानी सेनाको मृत्यु
इजरायलको आक्रमणमा दुई इरानी सेनाको मृत्यु