बिराटनगरले दियो भैरहवालाई १५० रनको चुनौती

Shikharkhabar Shikharkhabar
|
शनिबार, पौष १५, २०७४
|
|
२७ पटक हेरिएको
Shares
बिराटनगरले दियो भैरहवालाई १५० रनको चुनौती

सारांश

  • काठमाडौं ।
  • एभरेष्ट प्रिमियर लिग क्रिकेट इपीएलको फाइनल खेलमा विराटनगरले भैरहवा ग्लाडियटर्ससामु १५० रनको टार्गेट दिएको छ ।
  • कीर्तिपुरस्थित टीयू क्रिकेट मैदानमा जारी खेलमा टस जितेर ब्याटिङ रोजेको विराटनगरले २० ओभरमा ७ विकेट गुमाइ १४९ रन बनाउको हो ।

काठमाडौं । एभरेष्ट प्रिमियर लिग क्रिकेट इपीएलको फाइनल खेलमा विराटनगरले भैरहवा ग्लाडियटर्ससामु १५० रनको टार्गेट दिएको छ । कीर्तिपुरस्थित टीयू क्रिकेट मैदानमा जारी खेलमा टस जितेर ब्याटिङ रोजेको विराटनगरले २० ओभरमा ७ विकेट गुमाइ १४९ रन बनाउको हो ।

भैरहवाका लागि पुनित मिश्र र कृष्ण कार्कीले २/२ तथा सरद भेषवाकर र आरिफ शेखले १/१ विकेट हात पारेका छन् ।

अशुंमन रथले ४१ बलमा ४१, पारस खड्काले २२ बलमा २७, हरीशंकर शाहले १७ बलमा २२ तथा प्रनित थापा मगरले १४ रनको योगदान दिँदा करण केशीले अन्तिम बलमा छक्का प्रहार गरी ३ बलमा ९ रन बनाएका छन् ।

विराटनगरका ओपनिङ ब्याट्सम्यान आसिफ शेख आजपनि ७ बनाएर आउट भएका थिए । त्यसैगरि प्रतियोगिताकै सर्वाधिक रन बनााउने बाबर हयात आज ११ रनमै आउट भएका थिए ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?