भक्तपुरवासीलाई खुसीको खबर : बोलेको कुरा महेश बस्नेतले गरे पूरा

Shikharkhabar Shikharkhabar
|
बुधबार, पौष १९, २०७४
|
|
२२ पटक हेरिएको
Shares
भक्तपुरवासीलाई खुसीको खबर : बोलेको कुरा महेश बस्नेतले गरे पूरा

सारांश

  • काठमाडौं, पुस १९ ।
  • सरकारले प्रदेश नम्बर ३ को अस्थायी राजधानी भक्तपुरको सानोठिमीलाई तोकेको छ ।
  • सरकारले सात वटै प्रदेशको अस्थायी राजधानीको खाका तयार पारेर मंगलबार (हिजो) सार्वजनिक गरेको हो ।

काठमाडौं, पुस १९ । सरकारले प्रदेश नम्बर ३ को अस्थायी राजधानी भक्तपुरको सानोठिमीलाई तोकेको छ । सरकारले सात वटै प्रदेशको अस्थायी राजधानीको खाका तयार पारेर मंगलबार (हिजो) सार्वजनिक गरेको हो ।

‘भक्तपुरको सानोठिमीलाई प्रदेशको राजधानी जसरी नि बनाउँछु’ भन्दै निरन्तर पहल गर्ने भक्तपुर २ नं. क्षेत्रका नवनिर्वाचित सांसद महेश बस्नेत हुन् । बस्नेत भन्छन्, ‘चुनावी दौरानको क्रममा बोलेको मेरो प्रतिबद्वता पूरा भएको छ ।’

त्यस्तै प्रदेशसभाका सदस्यहरु राहेन्द्रमान श्रेष्ठ, सशीजंग थापा र नवराज लामिछानेले पनि चुनावी दौरानका क्रममा सानोठिमीलाई प्रदेश नम्बर ३ को राजधानी बनाइने प्रतिबद्वता व्यक्त गरेका थिए ।

सानोठिमीलाई प्रदेश नम्बर ३ को राजधानी तोक्न गत शुक्रबार सर्वदलीय बैठक बसेको थियो ।

ठकमा जिसिस प्रमुख नवराज गेलाल अनि राजनैतिक दलहरु एमाले, कांग्रेस, माओवादी केन्द्रका प्रतिनिधि सहभागि थिए ।

सरकारले प्रदेश नंं १ को विराटनगर, प्रदेश नंं २ को जनकपुर, प्रदेश नंं ३ को भक्तपुरको ठिमी, प्रदेश नंं ४ को पोखरा, प्रदेश नंं ५ को दाङ, प्रदेश नंं ६ को सुर्खेत र प्रदेश नंं ७ को धनगढी अस्थायी मुकाम तोकेको छ ।

शहरी विकास मन्त्रालयले स्थलगत अध्ययनपछि ती ठाउँ उपयुक्त हुने भएपछि मुकाम राख्नका लागि प्रस्ताव गरेको हो ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?