भिभोले ल्यायो वाई३५ र वाई२२ , कति छ मूल्य ?

Shikharkhabar Shikharkhabar
|
शुक्रबार, भाद्र ३१, २०७९
|
|
३१ पटक हेरिएको
Shares
भिभोले ल्यायो  वाई३५ र वाई२२ , कति छ मूल्य ?

सारांश

  • भिभोले वाई सिरिजका दुई नयाँ स्मार्टफोनहरू– वाई३५ र वाई२२ सार्वजनिक गरेको छ ।
  • वाई सिरिजका स्मार्टफोनहरु प्रयोगकतालाई सुलभ मूल्यहरूमा फ्ल्यागसिप अनुभव प्रदान गर्नका लागि परिचित छन् र हालै सार्वजनिक भएका यी दुवै स्मार्टफोनले पनि फ्ल्यागसिप अनुभव प्रदान गर्ने कम्पनीले जनाएको छ ।
  • स्टाइलिस तथा आकर्षक भिभोको नयाँ स्मार्टफोन वाई ३५ र वाई२२ पनि युवाहरूको रोजाइमा पर्ने उत्कृष्ट स्मार्टफोन हुन् ।

भिभोले वाई सिरिजका दुई नयाँ स्मार्टफोनहरू– वाई३५ र वाई२२ सार्वजनिक गरेको छ । वाई सिरिजका स्मार्टफोनहरु प्रयोगकतालाई सुलभ मूल्यहरूमा फ्ल्यागसिप अनुभव प्रदान गर्नका लागि परिचित छन् र हालै सार्वजनिक भएका यी दुवै स्मार्टफोनले पनि फ्ल्यागसिप अनुभव प्रदान गर्ने कम्पनीले जनाएको छ ।

स्टाइलिस तथा आकर्षक भिभोको नयाँ स्मार्टफोन वाई ३५ र वाई२२ पनि युवाहरूको रोजाइमा पर्ने उत्कृष्ट स्मार्टफोन हुन् । भिभो नेपालका सीईओ माइकलले भने, ‘हाम्रो प्रसिद्ध वाई सिरिजका साथ भिभोले नेपाली युवाहरूको आवश्यकतालाई निरन्तरता पूरा गर्दै आइरहेको छ । यसको उत्कृष्ट विशेषताहरु र उचित मूल्य निर्धारणको कारण प्रयोगकर्ताहरुले वाई श्रृंखलालाई मन पराएका छन् ।

‘हामीले भिभो वाई३५ र वाई२२ नेपालमा उपलब्ध गराएका छौं जसमा उत्कृष्ट र आकर्षक प्रविधिहरू समावेश छन् । हालै सार्वजनिक भएका यी स्मार्टफोनहरू ग्राहकहरूको आवश्यकतालाई ध्यानमा राखेर बनाइएका छन्, र यसले विशाल ब्याट्री, स्टाइलिस डिजाइन, अद्भूत क्यामेरा र थप विशेषताहरुका साथ असाधारण अनुभव प्रदान गर्छ ।’

स्टाइल र प्रविधिको उत्कृष्ट संयोजनको रूपमा भिभो वाई३५ ले उद्योगमा आकर्षक विशेषताहरु प्रदान गर्छ । यसले प्रयोगकर्ताहरूलाई थप सहज र निर्बाध अनुभवको लागि विस्तारित र्याम ३।० अर्थात् ८जीबी र्याममा थप ८जीवीसम्म एक्सटेन्ड गर्न मिल्ने सुविधा दिन्छ, र एउटा एपबाट अर्कोमा बिना कुनै झन्झट सहजै स्विच गर्न सकिन्छ ।

यसमा ५००० एमएएच ब्याट्री छ । जसलाई ४४ वाट फ्ल्यासचार्जले समर्थन गर्दछ । यो स्मार्टफोनले शक्तिशाली कार्यसम्पादन सुनिश्चित गर्छ । यसको ५० एमपी ट्रिपल रियर क्यामेराले उत्कृष्ट क्यामेरा क्षमताहरू प्रदान गर्छ र उच्च गुणस्तरीय तस्बिरहरू खिच्छ र व्यावसायिक क्यामेरा जस्तै ठूलो सेन्सरको प्रयोगले आवश्यक प्रकाश प्रदान गर्छ ।

यसमा सुपर नाइट क्यामेरा विशेषताहरु छन् जसले प्रयोगकर्ताहरूलाई कुनै समस्या बिना नै रातको सुन्दर दृश्यहरू खिच्न मद्दत गर्दछ र बोकेह फ्लेयर पोट्र्रेटले मल्टि–फ्रेम डिनोइजिङ र एआई ब्राइटनिङ टेक्नोलोजीको साथ स्पष्ट र आश्चर्यजनक पोट्र्रेटहरू खिच्न मद्दत गर्छ ।

भिभो वाई२२ ले प्रयोगकर्ताहरूलाई आकर्षक विशेषताहरुको साथ अर्को उत्कृष्ट विकल्प प्रदान गर्छ । वाई२२ मा मिडियाटेक हेलियो जी८५ प्रोसेसर रहेको छ जसले शक्तिशाली र स्मुद कार्यसम्पादन प्रतिज्ञा गर्छ । यो स्मार्टफोन १८ वाट फास्ट चार्जको साथमा शक्तिशाली ५०००एमएएच ब्याट्रीद्वारा सञ्चालित छ ।

वाई२२ मा ५०एमपी रियर क्यामेरा छ जसबाट स्पष्ट, आश्चर्यजनक र ब्राइट तस्बिरहरू लिन सकिन्छ । वाई२२ मा सुपर नाइट क्यामेरासँगै भिडियो फेस ब्यूटी र मल्टी स्टाइल पोट्र्रेटलगायत विभिन्न क्यामेरा विशेषताहरू पनि उपलब्ध छन् ।

दुवै वाई३५ र वाई२२, वाई सिरिजका नयाँ स्मार्टफोनहरू हुन् जुन मिनिमलिस्ट स्टाइलका छन् र एजी सर्फेसका कारण होल्ड गर्न सहज छन् । २।५डी कर्भेचरको साथमा फ्ल्याट फ्रेम डिजाइनले गर्दा स्मार्टफोनमा सुन्दरता थप्छ । यसका साथै, दुवै उपकरणहरूमा फेस वेक सुविधाको साथ साइड फिंगरप्रिन्ट स्क्यानर छ ।

वाई३५ (८जीवी प्लस १२८जीवी) दुई ट्रेन्डी कलर भेरियन्ट–एगेट ब्ल्याक र डन गोल्ड कलरमा ३० हजार ९ सय ९९ रुपैयाँमा उपलब्ध छ । त्यस्तै ४जीवी र्याम र ६४जीबी रोम भएको वाई२२ स्टारलिट ब्लू र मेटाभर्स ग्रिन कलरमा २२ हजार ९ सय ९९ रुपैयाँमा उपलब्ध छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

वाम तथा लोकतन्त्रिक गठबन्धनको घोषणापत्रमा कृषि क्षेत्र
वाम तथा लोकतन्त्रिक गठबन्धनको घोषणापत्रमा कृषि क्षेत्र
हुलाकी सडक बनाइदिने भनेको उल्टो नेपालले भारतलाई रकम भर्दै
३३ करोड रुपैयाँको लागतमा बनेको पुलको दुवैतिर सडक छैनन्
३३ करोड रुपैयाँको लागतमा बनेको पुलको दुवैतिर सडक छैनन्
सिन्धुलीमा बस दुर्घटना, दुई जनाको घटनास्थलमै मृत्यु
सिन्धुलीमा बस दुर्घटना, दुई जनाको घटनास्थलमै मृत्यु
प्रचण्डको विचार र प्रवृत्ति नबुझ्ने पार्टीभित्र वा बाहिरकाले दुःख पाउँछन् : दीपेश पुन
प्रचण्डको विचार र प्रवृत्ति नबुझ्ने पार्टीभित्र वा बाहिरकाले दुःख पाउँछन् : दीपेश पुन
प्रचण्ड र माधव नेपाल बिग्रहको बाटोमा अग्रसर भएको आरोप लगाउँदै प्रधानमन्त्री ओलीले भनेः पार्टीको भविष्य जोगाउन ताजा जनादेश लिने निर्णय गरेँ
११ वर्षीय बालक महाकालीमा बेपत्ता !
११ वर्षीय बालक महाकालीमा बेपत्ता !
प्रदेश प्रमुखलाई एमालेको ध्यानाकर्षण पत्र
प्रदेश प्रमुखलाई एमालेको ध्यानाकर्षण पत्र
तान्त्रिकसँग सेक्स नगरेपछि श्रीमानद्वारा श्रीमतीको हत्या
तान्त्रिकसँग सेक्स नगरेपछि श्रीमानद्वारा श्रीमतीको हत्या
बैशाख ४ गते बिहिवारको राशिफल यस्तो छ
बैशाख ४ गते बिहिवारको राशिफल यस्तो छ

तपाईंले छुटाउनुभयो कि?